प्रबासी नेपाली एकता मंच क्यानडाको तिहारको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न ।

0
207

लाेकसत्ता सम्वाददाता, क्यानडा ।

५ अक्टोवर, २०१८

प्रबासी नेपाली एकता मंच क्यानडाले हिन्दुहरूको महान चाड दिपावली लगायत छठ र मंहपुजाको पावन अवसरमा ब्राम्पटन शहरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको आयोजना गर्यो । गैर आवासीय नेपाली संघ क्यानडाका अध्यक्ष गोपिकृष्ण काफ्ले, नर्थ अमेरिका अार्इ सि सि सदस्य अभिमन्यू बस्नेत, नेपाली जनसम्पर्क समिति क्यानडाकाे तर्फबाट संयूक्त कार्यदल संयाेजक राम बाबु थापा, एनसि एनसिका अध्यक्ष डिअार खनाल लगायत जिटिएमा रहेका अन्य प्रमुख संघ संथाका प्रतिनिधिहरू र नेपाली समूदाय सदस्यहरूको उपस्थिति रहेको थियो ।

 

कार्यक्रममा बिभिन्न संघ संथाका प्रतिनिधिहरूले नेपालमा रहंदा लोकतन्त्र स्थापनामा पुर्याएको योगदानलार्इ भुल्न नसकि आफु आबद्द रहेको राजनितिक पार्टिको तर्फ बाट एकत्रित भै देशको योगदानका लागि केहि गरौ भन्ने भावना लार्इ सकारात्मक रूपमा लिनु पर्ने र क्याडामा रहेर समूदायको बिकाश गर्न सबै बिचार र आस्थालार्इ एक ठाउमा राखि सबै एक भै अगाडि बढ्नु पर्ने तर्क राखेका थिए । साथै उनीहरूले क्यानडाको राजनितिमा नेपाली समूदायको प्रतिनिधित्व गर्न सबै एक भै लाग्नु पर्नेमा जोड दिएका थिए । भिन्न बातावरणमा संचालन गरिएको कार्यक्रममा उपस्थित प्रतिनिधिहरूले परिचय दिने क्रममा आआफ्ना शुभकामना सन्देश सहित धारणा राखेका थिए ।

क्यानडामा खासगरि नेपाली राजनितिक पार्टि नेपाली काग्रेसको बिचार धारा संग मिल्ने नेपाली जनसम्पर्क समिति क्यानडा छ भने तात्कालीन एमाले संग बिचार मिल्ने प्रवासी मंच रहेकोमा हाल एमाले र माओवादीको एकता पछि प्रवासी एकता मंच गठन भएको छ ।

उता नेपाली जनसम्पर्क समिति, क्यानडाका संथापक सभापति बुद्दि प्रकाश वलीको राजीनामा पछि संम्पर्क समितिमा देखिएको बिवादले समाजमा संथाहरूको बिश्वाशनीयता घटेकोले त्यसतर्फ पनि सचेत रहन प्रवासी नेपाली एकता मंचलार्इ सहभागिहरूले सुझाव दिएका थिए ।

सन् २०१३ मा क्यानडामा दर्ता गरिएको नेपाली जनसम्पर्क समिति हाल आएर तिन समूहमा देखिएका छन् भने संथापन पक्ष एनपिसिसिको तर्फबाट कार्यबाहक सभापति सुरेन्द्र खड्का र एनपिआरसीको तर्फ बाट तुल्सी पौडेलको पहलमा रामबाबु थापाको संयोजकत्वमा नेपाली जनसम्पर्क समिति क्यानडा संयूक्त कार्यदल गठन गरि एकताका लागि अगाडी बढिरहेको छ । संथापन एनपिसिसिका केही अल्पमतका पदाधिकारीहरू भने आफूलार्इ आधिकारिक भन्दै बाहिर रहेका छन् ।

प्रवासी एकता मंच क्यानडाका सचिव अशोक खड्काले संचालन गर्नु भएको कार्यक्रममा जिटिएको नेपाली समूदाय बिच समाजसेवामा अग्रणी भूमिका खेल्ने पशुपति पोख्रेलको संयोजनमा कार्यक्रमा भएको थियो भने प्रबासी एकता मंचका अध्यक्ष रमेश थापाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here