बन्दका कारण नीजि विद्यालयमा पठनपाठन प्रभावित

0
512

काठमाडौँ, असार २७ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दले राजधानी उपत्यकाका निजी विद्यालयको पठनपाठन प्रभावित बनेको छ । बन्द भए पनि सवारीसाधन आवागमनमा भने खासै प्रभाव नपरे पनि विद्यालयहरुमा बन्द भएका छन् ।

सबै नीजि विद्यालयहरुले विधार्थीको सुरक्षाका लागि पनि छुट्टी दिइएको पाइएको छ । निजी तथा आवासीय विद्यलाय अर्गनाइजेन (प्याब्सन) का महासचिव राजेन्द्र बानियाँले पहिलो त्रैमासिकको परीक्षापछि बिदा भएका कारण कतिपय विद्यालय स्वतः बिदा रहेको जनाए ।

सो पार्टी निकट अनेरास्ववियु (क्रान्तिकारी) का उपाध्यक्ष लालबहादुर तामाङले आफ्ना कार्यकर्ताको पक्राउ र निजी विद्यालयहरुले अशुल्दै आएको चर्को शुल्क फिर्ता हुन नसकेका कारण बन्द आह्वान गर्नुपरेको जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here