बबई सिँचाइ आयोजना सुधार गरिदै

0
475

बर्दिया, साउन २२ । राष्ट्रिय गौरवको बबई सिँचाइ आयोजना अन्तर्गत पहिले बनाएको कच्ची नहरलाई सुधार गरी पक्की बनाउन थालिएको छ ।

पहिलो चरणमा निर्माण भएको राजकुलोदेखि बाँसगढीसम्म २२ किलोमिटर नहरमध्ये १२ किमी कच्ची नहरलाई पक्की बनाउने काम तीव्ररुपमा भइरहेको बबई सिँचाइ आयोजनाले जनाएको छ । रु ७१ करोडको लागतमा बनाउन लागिएको सो पक्की नहर पप्पुमल्ल देव एन्ड सायर जेभी, रसुवा लामा जेभी स्वच्छन्द महादेव, खिन्ती जेभी र विल्डर्स एन्ड बिरुवा जेभीले २०७०÷०७१ देखि चार वटा प्याकेजमा काम थालेका थिए ।

हालसम्म ३५ प्रतिशत काम सम्पन्न भएको छ । समयमै सिँचाइ सुविधा पु¥याउन नहरको हेड बक्सदेखि मगरागाडीसम्म छुट्टाछुट्टै नहर निर्माण गर्ने संझौता अनुसार गत वर्ष गजुरमुखी डिबी जेभीमृत सञ्जीवनी गाल्भा जेभी, रसुवा लामा विल्डर र गजुरमुखी जेभीले जिम्मा पाई कामको थालनी गरेका हुन् । नहर निर्माण भएपछि ५० प्रतिशत सिँचाइ सुविधा हुने आयोजनाको दाबी छ । अमरकन्सट्रक्सले रु आठ करोडको लागतमा गत वर्षदेखि बबई पुलदेखि पश्चिमतिर १५० मिटर लामो साइफन राखी नहर निर्माण गरिरहेको छ ।

सो नहर निर्माणबाट पूर्वमा पदनहा, बानियाभार, मगरागाडी, धधबार महममदपुर, कालिका, मैनापोखर, सोरहवा, जमुनी र बाँँसगढी नगरपालिकाका खेतीयोग्य जमिन सिञ्चित हुनेछ हुनेछ भने पश्चिमतिर नेउलापुर, बगनाहा, ढोढरी, सूर्यपटुवा, ठाकुरद्वारा नगरपालिका लगायत मधुवन नगरपालिका र गुलरिया नगरपालिकामा समेत सिंचाइ पहुँच पुग्ने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here