बेलायतमा रहेका नेपालीद्वारा खेलकूद पत्रकार मञ्चलाई आर्थिक सहयोग

0
335

पोखरा, साउन २२ । खेलकुद पत्रकार मञ्च कास्कीलाई बेलायतमा रहेर विभिन्न पेशा व्यवसायमा संलग्न रहेका नेपालीहरुले रु एक लाख ३५ हजार ५ सय रकम सहयोग गरेका छन् ।

बेलायतमा बस्दै आएका मञ्जु गुरुङ, सूर्य गुरुङ र हितकाजी गुरुङले जनही रु २५ – २५ हजार र बाँकी विभिन्न व्यक्तिहरुले आफुले सकेको सहयोग गरेका हुन् । भूतपूर्व खेलाडी मञ्चका पूर्वअध्यक्ष तेज गुरुङले शनिबार मञ्चका अध्यक्ष केशव पाठकलाई उक्त रकम हस्तान्तरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here