मतदाता नामावलीमा नाम दर्ता संख्या बढ्दो

0
566

पाल्पा, साउन ६ । पाल्पामा फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या बढेको छ । साउन १ गतेबाट सुरु भएको फोटोसहितको मतदाता नामावली संकलनमा अहिलेसम्म एक हजार ११५ जनाले दर्ता गराइसकेका छन् ।

मतदाता नामावलीमा नाम दर्ता गराउनका लागि जिल्ला निर्वाचन कार्यालय पाल्पामा साउन १५ गतेसम्म र १६ गतेदेखि २५ गतेसम्म जिल्लाका दशवटै स्थानीय तहबाट फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने भएको जिल्ला निर्वाचन कार्यालय पाल्पाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here