महानगरपालिकाद्वारा ट्राफिक प्रहरी महाशाखालाई ५० थान ह्विल लक प्रदान

0
645

काठमाडौँ, भदौ १३ । महानगरीय ट्राफिक प्रहरी महाशाखालाई काठमाडौँ महानगरपालिकाले नगर प्रहरीको २५औँ वार्षिकोत्सवका अवसरमा आज ५० थान ह्विल लक प्रदान गरेको छ ।

नियम विपरीत जथाभावी पार्किङ गरेका सवारी साधनलाई लक गर्न महानगरपालिकाले महाशाखालाई उक्त सामग्री दिएको हो । उक्त अवसरमा महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले महानगरपालिकालाई सफल बनाउन नगर प्रहरीको ठूलो सहयोग र भूमिका रहेको बताए । उनले जथाभावी गरिने सवारी पार्किङ, फुटपाथ हटाउने र महानगरलाई व्यवस्थित बनाउनका लागि नगर प्रहरीको महत्वपूर्ण भूमिका रहेको विचार व्यक्त गरे ।

महाशाखाका प्रमुख सर्वेन्द्र खनालले महानगरपालिकाभित्र गुड्ने सवारी साधनलाई मान्छे टिप्ने र हिँडिहाल्ने वातावरण बनाउन महाशाखाले महानगरपालिकासँग सहकार्य गरेर अगाडि बढ्ने विश्वास व्यक्त गर्दै फुटपाथका कारण पैदलयात्रीहरुले भोग्नु परेका समस्या सहज बनाउन महानगरपालिका लाग्नुपर्ने बताए । महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले काठमाडौँ महानगरपालिकालाई सुन्दर र व्यवस्थित बनाउन नगर प्रहरीले महत्वपूर्ण काम गर्दै आइरहेको बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here