महोत्तरीमा चुनावी रन्को नेकाले लगायो उम्मेदवारको टुङ्गो

0
523

गौशाला, असार १ । नेपाली काँग्रेस महोत्तरी शाखाले स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवारको तय गरिएको छ । १५ वटा स्थानीय तह रहेको महोत्तरीमा नेपाली काँग्रेसले प्रत्येक स्थानीय तहका प्रमुखको उम्मेदवारको टुङ्गो लगाइसकेको छ । जसमा तीन नगरपालिका र १२ गाउँपालिका रहेका छन् ।

प्रमुखका उम्मेदवारका टुङ्गो लागे पनि केही तहका उपप्रमुखको भने टुङ्गो लागि नसकेको जिल्ला सभापति महेन्द्रकुमार रायले बताए । उनका अनुसार जिल्लाको जलेश्वर नगरपालिकाको प्रमुखका लागि अशोक साह र उपप्रमुखका लागि अनिता शर्माको नाम तय भइसकेको छ भने बर्दिबास नगरपालिकाको प्रमुखमा प्रल्हाद क्षेत्री र उपप्रमुखमा तारा महतो रहेका छन् । गौशाला नगरपालिकाको प्रमुखमा मनु अधिकारी, उपप्रमुखमा सुशीला महतोलाई आधिकारी उम्मेदवारको रुपमा तय गरिएको छ ।

नेपाली काँग्रेस महोत्तरी जिल्लाको मटिहानी गाउँपालिकाको प्रमुखमा उपेन्द्र चौधरी र उप–प्रमुखमा जुवेदा खातुन, महोत्तरी गाउँपालिका प्रमुखमा सुशील झा र उप–प्रमुखमा श्यामादेवी पासवान, एकडारा गाउँपालिका प्रमुखमा मनोज झा र उप–प्रमुखमा विनिता देवी तिवारी त्यस्तै पिपरा गाउँपालिका प्रमुखमा राधारमण मिश्र र उप– प्रमुखमा रामवती देवी यादव, भंगहा गाउँपालिकाको प्रमुखमा ओम यादव र उप– प्रमुखमा सकुन्तलादेवी थारु, बलवा गाउँपालिका प्रमुखमा विनोद यादव र उप– प्रमुखमा रामदुलारी ठाकुर, को नाम छनोट गरिएको ने.का पार्टी सभापति रायले बताएका छन् ।

रामगोपालपुर गाउँपालिका प्र्रमुखमा राजाराम यादव, सोनमा गाउँपालिका प्र्रमुखमा नवल यादव, सम्सी गाउँपालिकाको प्र्रमुखमा मोहम्मद रकिव र लोहारपट्टी गाउँपालिकाको प्र्रमुखमा शैलेन्द्र यादव मनरा गाउँपालिकाको प्र्रमुखमा किशोरसिंह प्रितम, औरही गाउँपालिकाको प्र्रमुखमा सुनिल यादवको नाम छनौट गरिएको छ ।
ती छवटा गाउँपालिकाको उप– प्र्रमुखमा भने अझै नाम टुङ्गो लाग्न सकेको छैन । उप– प्रमुखको टुङ्गो आज बेलुकासम्म लागिसक्ने राएले बताए । माओवादी केन्द्र र नेकपा (एमाले) लगायत अन्य दलले भने आजसम्म पनि आफ्नो उम्मेदवार तय गर्न सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here