रविको “प्रेम-अर्थ” बजारमा आउँंदै

0
358

गीतकार रवि मानसिंह बस्न्यातको गीति एल्बम प्रेम अर्थ नेपालका ख्याती प्राप्त गायक गायिकाहरुको स्वरमा छिट्टै बजारमा आउँदै छ । गीति एल्बम प्रेम अर्थमा ७ वटा गीतहरू समाबेश गरिएको छ ।

उनको गीति एल्बम प्रेम-अर्थमा समाबेश गीतहरू रवि मान सिंह बस्न्यातको लेखन तथा अहिलेका निकै ब्यस्त अनि चर्चित संगीतकार टीका बम्जनले संगीत दिएका छन ।

गीति एल्बम प्रेम अर्थमा समाबेश भएका गीतहरू देश भक्त अनि माया प्रेमलाई समेटेर निकै रमाइला डान्सिङ बिडका गीतहरू रहेको संगीतकार टीका बम्जनले बताए । नेपाली सेनाका पुर्ब मेजर बस्न्यात हाल क्यानडा रहेका छन ।

प्रवासमा रहे पनि नेपाली गीत संगीतलाई माया गरि एल्बमको तयारीमा रहेका बस्न्यातको पहिलो प्रयास भएपनि शब्द र संयोजन भने बेजोड रहेको संगितकार टिका बम्जन बताउछन ।

सेनाको जागिर छाडेर बिदेशीनु परेपनि मन भित्रको देशप्रेम र राष्ट्रियतालाई बस्न्यातले गित मार्फत प्रकट गर्न खोजेका छन । सेनामा रहँंदा संगालेको अनुभवलाई बिदेशमा बस्दा कलम मार्फत पोख्ने प्रयास गरेको हुँं ,लेखक बस्न्यातले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here