राजविराज र सर्लाही बलरा बाहेकका स्थानीय तहको मतगणना जारी

0
410

काठमाडौँ, असोज ३ । सोमबार भएको निर्वाचनमा राजविराज नगरपालिकाबाहेक प्रदेश नं २ का १३६ वटा स्थानीय तहका लागि सबै स्थानीय तहमा मतगणना जारी रहेको निर्वाचन आयोगले जानकारी गराएको छ ।

निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त पछिल्लो विवरण अनुसार, १३६ स्थानीय तहमध्ये १३५ वटा स्थानीय तह मध्ये सर्लाहीको बलरा नगरपालिकामा पनि केही विवाद दखिएता पनि अन्यत्र भने मतगणना जारी रहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी गराएका छन् ।

राजविराज नगरपालिकाको वडा नं १५ का राष्ट्रिय जनता पार्टीका वडाध्यक्षका उम्मेदवारको निधन भएकोले उक्त वडामा असोज ५ गते मतदान भएपछि मात्रै राजविराज नगरपालिकाको मतगणना कार्य प्रारम्भ हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here