लोकतन्त्रलाई संस्थागत कांग्रेसले मात्र गर्छ – सञ्चारमन्त्री

0
418

धनगढी, मंसिर १७ । प्रतिनीधिसभा र प्रदेशसभाको निर्वाचनपछि देश समृद्धिको बाटोमा जाने सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले बताएका छन् । छब्बिसौँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा मन्त्री बस्नेतले निर्वाचनले लोकतन्त्रलाई संस्थागत गर्ने भएकाले विवेक पुर्याएर मतदान गर्न आग्रह गरेका छन् ।

नेपालमा भएका लोकतान्त्रिक आन्दोलनमा आपाङ्ग भएका व्यक्तिको पनि अहम भूमिका रहेको बताउँदै बस्नेतले सरकार अपाङ्गको हितका लागि कटिबद्ध रहेको दृढता व्यक्त गरे । कार्यक्रममा अपाङ्गता भएका व्यक्तिको हकहितमा कलम चलाएवापत नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष एवं रेडियो नेपालका प्रतिनिधि जगत साउद र पत्रकार शेरबहादुर ऐरलाई सम्मान गरिएको थियो । कार्यक्रममा महिला विकास अधिकृत सन्ध्या सिंहलगायतले आफ्नो धारणा राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here