‘लोकतन्त्र रक्षाका लागि काँग्रेस आवश्यक’

0
493

दाङ, मंसिर १४ । देशको विकास, राजनीतिक स्थायित्व र लोकतन्त्रको रक्षाका लागि लोकतान्त्रिक शक्तिको विजय आवश्यक रहेको श्रमराज्यमन्त्री डिल्लीबहादुर चौधरीले बताएका छन् ।

नेपाली काँग्रेस दाङ क्षेत्र नं ३ (क)मा प्रदेशसभाका उम्मेदवारसमेत रहेका चौधरीले तुलसीपुर– ३ मा आयोजित चुनावीसभामा बोल्दै काँग्रेसको नेतृत्वमा संविधान बनेकाले संविधानको सफल कार्यान्वयन र देशलाई समृद्धितर्फ लैजानका काँग्रेसको नेतृत्व आवश्यक रहेको बताए ।

बेरोजगार युवालाई देशमै स्वरोजगार गराउन, महिलालाई सशक्तीकरण गर्दैै रोजगारी र प्राविधिक शिक्षा दिनेतर्फ लाग्नुपर्ने श्रमराज्यमन्त्री चौधरीले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here