शिक्षा ऐनले कसैलाई अन्याय गरेको छैन : शिक्षा राज्यमन्त्री

0
332

चितवन, असोज ८ । शिक्षा ऐन नवौं संशोधनले शिक्षकको अनुमतिपत्र लिएर बसेका जल्दाबल्दा युवाका लागि बाटो देखाएको शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले बताएका छन् ।

शिक्षा ऐनले कसैलाई अन्याय नगरेको जिकिर गर्दै उनले दक्षता नभएकाहरु परीक्षाबाट छाँटिने स्पष्ट पारे । उनका अनुसार परीक्षामा ४० नम्बर नल्याए गोल्डेन हेनसेकमार्फत अस्थायी शिक्षक बाहिरिने र लामो समय सेवा गरेपछि स्थायीले पेन्सन पाउने भए पनि अस्थायीलाई गोल्डेन ह्यान्डसेक दिइने बताए ।

नेपालमा २६ हजारको हाराहारीमा अस्थायी शिक्षकहरु रहेका छन् । स्थायी हुँदा ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत नयाँले अवसर पाउने उनको भनाइ छ । करिब १९ हजार नयाँले अवसर पाउने उनले बताएका थिए । यसअघि नै १० हजार ५०० ले गोल्डेन ह्यान्डसेकका लागि फाराम भरिसकेकाले मानसिक रुपमा उनीहरु छाड्ने तयारीमा रहेको उनले बताए । उनले यससँगै हरेक वर्ष शिक्षक सेवा आयोगले परीक्षा लिएर नयाँ शिक्षक नियुक्ति गर्दै जाने पनि बताए ।

शिक्षा सेवा आयोगले तत्काल प्रक्रिया अगाडि बढाउने बताउँदै उनले दशैं र तिहारका बीचमा परीक्षासमेत गर्ने तयारीमा आयोग लागेको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here