संविधान निर्माणलाई पूर्णता दिनका लागि सबै एकजुट हुनुपर्ने : केसी

0
787

विराटनगर, साउन १५ । संविधान निर्माण हुनु भनेको ऐतिहासिक उपलब्धि रहेको भन्दै यसलाई पूर्णता दिनका लागि सबै एकजुट भएर अगाडि बढुनुपर्ने नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले बताए ।

विराटनगरमा नेपाल प्रेस युनियनद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नका लागि स्थानीय तहको निर्वाचनलाई सुरुवातका रुपमा लिनुपर्ने विचार व्यक्त गरे । असन्तुष्टिलाई सम्बोधन गर्ने कार्यमा काँग्रेस लागेको बताउँदै उनले पहाडलाई पन्छाएर मधेश र मधेशलाई पन्छाएर पहाड नभई सबैको धर्म, संस्कृति र अधिकारलाई सम्मान गरी अगाडि बढ्नुपर्ने सुझाव दिए ।

डा गोविन्द केसीको मागको सन्दर्भमा उनले राज्यले व्यक्तिसँग जे जस्तो सम्झौता गरेपनि त्यस सम्झौतालाई पूरा नगर्नु दुर्भाग्यपूर्ण भएको विचार प्रकट गरे । आफु गुट उपगुटको विरोधी रहेको बताउँदै उनले पार्टीभित्र शुद्धीकरणको आवश्यकता रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here