सबल र सशक्त नेतृत्व छनोटका लागि मेरो उम्मेदवारी

नेविंघको राजनीतिबाट खारिएरकी उदीयमान नेतृ हुन् कल्पना खड्का । राजनीति र पढाइसँगै अगाडि बढाएकी खड्काले त्रिभुवन विश्वविद्यालयबाट स्नाकोत्तर गरेकी छन् । सिद्धान्त, निष्ठा र स्वाभिमानको राजनीतिमा विश्वास गर्ने उनी सबल नेता र स्पष्ट वक्ताको रुपमा चिनिन्छिन् । रामेछापमा जन्मेकी खड्का राजनीतिमा खुल्ला प्रतिस्पर्धाले क्षमता अभिवृद्धि हुने ठान्दछिन् । उनै खड्कासँग कांग्रेसको १४औं महाधिवेशनलाई केन्द्रित गरेर कालिका महतले गरेको कुराकानीको सम्पादित अंश :
कल्पना खड्का, केन्द्रीय महाधिवेशन प्रतिनिधि उम्मेदवार, रामेछाप

अधिवेशनको तयारी कसरी गर्दै हुनुहुन्छ ?
यतिबेला नेपाली कांग्रेस १४औं महाधिवेशनमा होमिएको छ । मेरो जिल्ला रामेछापमा पनि वडास्तरीय निर्वाचन सम्पन्न भइसक्यो । रामेछापका सबै वडास्तरमा कतै सर्वसम्मत, कतै प्रतिस्पर्धाबाट निर्वाचन सम्पन्न भएको हो । म पनि सर्वसम्मत क्षेत्रीय प्रतिनिधि छानिएकी छु। वडापछि क्षेत्र, नगर, जिल्लाको चुनावी हुँदै छ । त्यसमा म केन्द्रीय प्रतिनिधिको तयारीमा लागिपरेकी छु ।

तपाईं केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार हो ?
म नेपाली कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधिको स्वभाविक उम्मदेवार हो। मलाई रामेछाप कांग्रेसका अग्रज नेता, कार्यकर्ता दाजुभाइ, दिदीबहिनीहरुको राम्रो, साथ, सहयोग र समर्थन रहेको छ । मेरो उम्मेदवारी महिला खुल्लातर्पmमा रहेको छ।

म कुनै गुटउपगुटको भन्दा पनि सबल, सक्षम र सशक्त महिला नेतृत्वको लागि मैदानमा उत्रिएकी छु। त्यसमा मलाई यहाँका अग्रज नेता, दाजुभाइ, दिदीबहिनीको राम्रो साथ, सहयोग र समर्थन मिलेको छ । कल्पना खड्का जत्तिको मान्छे आउनुपर्छ भन्ने भावना सबै प्रतिनिधिमा भएको पाएकी छु । त्यसकारण मेरो जित सुनिश्चित छ ।

जित सुनिश्चित भन्नुभयो, त्यसको आधार के ?
म नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघको विद्यार्थी राजनीतिबाट राखिएर आएकी मान्छे हो । नेविसंघमा केन्द्रीय सदस्यको समेत भूमिका निर्वाह गरिसकेकी छु । मैले झन्डै १७, १८ वर्ष कांग्रेस राजनीतिमा जीवन व्यतित गरिसकेकी छु । यसअघिका २, ३ वटा महाधिवेशनको अनुभव ममा छ । मलाई पार्टीले गत स्थानीय निर्वाचनमा लिखुतामाकोसी गाउँपालिकाको उम–प्रमुखको टिकट पनि दिएको हो । मैले रामेछाप कांग्रेसको जिल्ला कार्यसमिति सदस्य भएर पनि काम गरिसकेकी छु ।

यीलगायत पार्टीका विभिन्न तहतप्कामा रहेर लामो समयदेखि सक्रिय भूमिका निर्वाह गर्दै आएकी छ । विगत १८ वर्षदेखि कांग्रेसको पूर्णकालीन राजनीतिमा लाग्दै आएकी छु । त्यसकारण म रामेछापबाट केन्द्रीय महाधिवेसन प्रतिनिधि जान उपयुक्त छु भन्ने लाग्छ ।

कांग्रेस गुटैगुटको चौगुलमा फसेको छ, त्यसको असर तपाईंहरुलाई पर्दैन ?
मैले खुल्ला महिलातर्फबाट केन्द्रीय महाधिवशेन प्रतिनिधिमा उम्मेदवारी दिएकी छु । मलाई आफू आउनको लागि गलत नियतले विभिन्न गुटउपगुट चलाउनेहरुसँग सम्झौतामा सहकार्य गर्नुछैन । त्यसकारण आपूmलाई साझा महिला उम्मेदवारको रुपमा उभ्याएकी छु ।

रामेछापमा झन्डै १५ सय हाराहारी क्षेत्रीय प्रतिनिधि हुनुहुन्छ । क्षेत्रीय प्रतिनिधि भनेका आफैपनि सक्षम र सवल नेता हुनुहन्छ। उहाँहरुजत्तिको सक्षम प्रतिनिधिले रामेछापमा मेरो राजनीति योगदानको पक्कै मूल्यांकन गर्नुहुन्छ भन्नेमा ढुक्क छु ।

त्यहाँका प्रतिनिधिले तपाईंलाई नै भोट दिनुपर्ने कारण के ?
अहिले झन्डै ५० प्रतिशत क्षेत्रीय प्रतिनिधिहरु २५ देखि ४० वर्षभित्रका युवा हुनुहुन्छ । त्यो उमेरसमूहका व्यक्तिहरु शिक्षित वर्गमा पर्नुहुन्छ । उहाँहरु राजनीतिक, सामाजिक र वैचारिक हिसाबले सक्षम र सवल हुनुहुन्छ । युवामा धेरैजसो महिला हुनुहुन्छ। उहाँहरु पनि नेपाली कांग्रेसको भ्रातृ, भगिनी र सुृभेच्छुक संस्था नेविसंघ, तरुण दल, महिला संघलगायतमा योदान गरेर आउनुभएको हो ।

त्यसकारण म मात्रै उपयुक्त छु भन्ने भन्दा पनि मलगायत सबैले मिलेर रामेछाप कांग्रेसको नेतृत्व लिने हो। उहाँहरुमाझ म नेविसंघको केन्द्रीय सदस्य भइसकेको, उमेयरको टिकट पाइसकेको, जिल्ला कमिटिमा बसेर काम गरेको अनुभव भएकाले स्वभाविक र सशक्त उम्मेदवार हुँ भन्ने लाग्छ । केन्द्रीय प्रतिनिधिमा विजयी भएँ भने रामेछाप कांग्रेसको भावना अनुसार केन्द्रीय नेतृत्व चयनमा स्वविवक प्रयोग गर्छु ।

आरक्षणमा कस्ता खालका महिलालाई प्राथमिकता दिनुपर्छ ?
नेपाली कांग्रेसमा ३३ प्रतिशत महिलाको आरक्षण सिट सुरक्षित गरिएको छ । त्यहाँ महिलाको संख्या ३३ प्रतिशत चाहीं पु¥याइन्छ । तर, वडादेखि नै नेतृत्व गर्नेले आफ्नो अनुकूल भोट हाल्ने, भनेअनुसार चल्नेलाई ल्याउने संस्कृतिको विकास भएको छ । त्यो मैले महसुस गर्दै र भोग्दै आएकी छु । जसले गर्दा पार्टी संगठनलाईभन्दा व्यक्तिलाई मात्रै सहयोग पुग्छ ।

त्यो टाइपको संस्कार केन्द्रदेखि वडासम्म पुगेको छ । माउ पार्टीमा मात्रै नभएर भ्रातृ, भगिनी र सुभेच्छुक संस्थाहरुमा पनि त्यो सस्कार मौलाएको छ । यसले महिलाहरु आत्मसम्मान, स्वविवेकी र निष्ठानको राजनीति गुम्दै गएको छ । त्यसले आरक्षण कोटाभन्दा बाहिर बसेर खुल्ला प्रतिस्पर्धाबाट नेतृत्व हाँक्ने महिलाको कमी भएको हो । मजत्तिको बुझेको महिलाले पनि वडादेखि आरक्षण कोटामै संकुचित भएर गुज्रिनुपर्ने अवस्था छ ।

खुल्ला प्रतिस्पर्धाबाट नेतृत्वमा ल्याउन के गर्नुपर्छ त ?
यसमा मेरो फरकखाले भनाइ छ । महिलाहरुले खाली आरक्षण कोटालाई मात्रै ध्यान दिनु भएन । नेतृत्वदायी भूमिकाको लागि सक्षम र सवल बन्न आत्मसम्मानको राजनीतिमा प्रतिस्पर्धा गर्नुप-यो । आफ्नो नेतृत्व आफैले छान्न सक्नुप-यो ।

त्यसको लागि खुल्ला प्रतिस्पर्धामा आउनसक्नुप-यो । कोटा भनेको सीमित अवधिको लागि मात्रै हुनुपर्छ । अहिले समावेसीको जुन सिद्धान्त छ त्यो सीमित वधिको लागि मात्र हुनुपर्छ । महिला नेतृत्वदायी भूमिका आउन आफैले क्षमता अभिवृद्धि गर्नुपर्छ । आरक्षणको आशमा मात्रै सीमित हुनुहुँदैन ।

वषौैंदेखि एउटै व्यक्ति आरक्षणमा बस्ने चलन छ, तपाईले भनेजस्तो कांग्रेसमासम्भव छ ?
यसमा मेरो क्याम्पस लेभलदेखि अरुको भन्दा फरक सोच, शैली र सिद्धान्त बोकेर आएकी छु । अपार्टीको भातृ, मातृ, सुभेच्छुक जुनसुकै ठाउँमा होस् ‘म आरक्षण कोटामा एक पटक बसिसकेपछि मैले त्यो पद दोहो-याउनु हुँदैन ।’ त्यो ठाउँमा मभन्दा पछाडि परेका व्यक्ति, वर्ग, समुदायलाई ल्याउनुपर्छ ।

आरक्षणको नाममा एउटै व्यक्ति र वर्गले ढलीमली गर्ने हो भने पिछाड, अल्पसंख्यक, उत्पीडित, व्यक्ति, वर्ग, समुदाय कसरी नेतृत्वमा आउने ? त्यो भइरहँदा समावेशी कसरी हुन्छ । जुनसुकै क्षेत्रमा होस् आरक्षण भनेको एउटा व्यक्तिको लागि एकपटक मात्र हुनुपर्छ ।

त्यही भएर तपाईंले महिलामा खुल्लातर्पm उम्मेदवारी दिनुभएको हो ?
हो, मैले टिपिक महिला कोटा छोडेर महिलाभित्रको खुल्लातर्फ उम्मेदवारी दिएकी हुँ । जसरी पनि गलत तरिकाले राजनीतिमा स्थापित हुने संस्कार मौलाउँदै आएको छ । म ती गलत कुरासँग सम्झौता गर्न सक्दिँन । अस्वस्त र अमर्यादित तरिकाले राजनीतिमा आउनुभन्दा ५, १० वर्ष पछाडि पर्न तयार हुन्छ ।

तर, गलत संस्कार, संस्कृति र सोच बोकेका व्यक्तिसँग सहकार्य गर्न सकिँदैन । म नेपाली कांग्रेसको क्रियाशील सदस्यता हुँदादेखि सिद्धान्त, निष्ठा र स्वाभिमानको राजनीतिमा विश्वास गर्ने व्यक्ति हुँ । पार्टीमा कुन व्यक्ति ठीक छ, कुन बेठिक भनेर छुट्ट्याउन सक्ने बिवेक मसँग छ । त्यो गुम्नेगरी सम्झौताको राजनीति गर्दिन ।

कांग्रेसमा युवाको कुरा उठिरहँदा अग्रजकै बाटो अवलम्बन गरेको देखिन्छ नि ?
समय अनुसार परिवर्तन स्वीकार्न नसक्नु अग्रजहरुको कमजोरी देखिन्छ । उहाँहरु हिजो निरंकुश राणा शासन अथा एकदलीय पञ्चायती शासनसँग जसरी लडेर आउनुभयो । आज पनि त्यही योगदान र सोच रुमलिई रहनुभएको छ । उहाँहरुले एक्कासौं शताब्दीका युवाको सोच, विचार र परिस्थिति बुझेर परिवर्तन हुन जरुरी छ ।

त्यसको लागि पार्टीलाई युवाको भावना अनुसार स्वस्थ प्रतिस्पर्धामा लागनुपर्छ । उहाँहरुले ‘म पहिला लडभीड गरेको सिनियर नेता हुँ’ भनेर पार्टीलाई पुरानो सोच र शैलीमा कब्जा गर्न खोज्नुहुँदैन । पार्टीमा नेतृत्वको सोच, चाहना र विचारसँग सहमत हुनेलाई मात्रै प्रवेश दिने घेराबन्दी बाउन्ड्री बनाउनुभएको छ ।

त्यस्तो बाउन्ड्री हामीजस्ता युवाले तोड्नु छ । त्यो तोड्नलाई उच्छृंखल तरिकाले होइन । उहाँहरुमा अब युवालाई ल्याउने पनि हाम्रो दायित्व हो भन्ने भावना जागृत गराएर प्रतिस्पर्धाबाट तोड्नुपर्छ । युवाहरुले नेतृत्व लिँदै गर्दा पुराना पुस्तालाई पनि लिएर जानुपर्छ ।

कांग्रेसमा क्रियाशील सदस्यता विवादमा किन भयो जस्तो लाग्छ ?
नेपाली कांग्रेस डेमोक्रेसीको सागर हो। सागरमा धेरै नदी, खोला, झरना र मूलको संगम हुन्छ। यहाँ विभिन्न जातजाति, वर्ग, समुदायहरुलाई समेट्नुपर्ने छ। त्यसमा जनजाति, दलित, उत्पीडित, अल्पसंख्यक, मधेसी, मुस्लिम, थारुलगायत तमाम जाति, वर्ग, समुदायलाई समेट्नुपर्ने भएकाले पनि केही जिल्लामा विवादहरु आएका छन्।

ठूलो परिवार भएपछि अलिअलि विवाद स्वभाविक हो । फेरि हामी स्थानीय, प्रदेश र संघीय निर्वाचनको संघारमा आइपुगेका छौं। त्यसलाई मध्येनजर गरेर सबै वर्ग, समुदायलाई पार्टीमा समेटेर लानुपर्ने छ। त्यो भएर पनि केही ढिलासुस्ती भएको हुन सक्छ।

नेपाली कांग्रेसप्रति जनआकर्षण किन बढेको हो ?
अहिलेको अवस्थामा नेपाली कांग्रेसप्रति आकर्षण बढ्नु स्वाभाविक हो। जहिले पनि देशलाई अप्ठ्यारो परेको बेला कांग्रेसले अभिभावकको भूमिका निर्वाह गर्दै आएको छ। त्यो चाहे माओवादी द्वन्द्वबाट मुलुकलाई शान्ति प्रक्रियामा ल्याउँदा होस् अथवा संविधान निर्माण र घोषणा गर्दा होस्।

ती कामहरु नेपाली कांग्रेसको नेतृत्वमा सफल भए । संविधान निर्माणपछि देशमा कम्युनिस्ट सरकार बन्यो । त्यसबेला जनताले धेरै दुःख र हन्डर खेप्नुप¥यो। उनीहरुको दुई तिहाई हाराहारीको बहुमत थियो । तर, उनीहरुले जनचाहना अनुसार काम गर्न सकेनन् । सरकार पनि पुरा समय चलाउन सकेनन्। घुमिफिरी कांग्रेसकै नेतृत्वमा देश आइपुपुग्यो । त्यसकारण कांग्रेसप्रति आकर्षण बढेको हो ।