सभामुख महराद्वारा महिला बलात्कृत

0
165

महिला अधिकार का ठुला ठुला कुरा गर्ने नेकपा पार्टी का उच्च ओहोदाका ब्यक्ति बाटै यस्तो हर्कत हुन्छ भने महिलाहरुले के र कहॉ न्याय पाउछन????संघिय संसद प्रतिनिधी सभाका सभामुख कृष्ण बहादुर महराले आफ्नो पदीय मर्यादा विपरित आम नागरिकले सोच्न पनि नसकिने हर्कत गरेको आरोप लागेको छ।
महराले संसदमै काम गर्ने एक महिला कर्मचारीलाई आइतबार सॉझ तिनकुने स्थित डेरामा गएर जवर्जस्ती करणी गरेकाहुन
महिलाको घरमा श्रीमान नभएको मौकाछोपि करणि गर्ने आषयले सामुदायिक मार्गमा गाडी र सुरक्षाकर्मीलाई छोडेर भित्र गएका उनी एक्लै ति महिलाको डेरामा प्रवेश गरेका थिए।दुबै जना संगै दशै मनाउ भनेर आएको भन्ने बहाना बनाउदै मदिरा संग संगै स्न्याक्सका लागि काजु वदाम समेत आफैले बोकेर गएका थिए।महरा र महिलाको पारिवारिक सरहको साईनो भएका कारण महरा त्यहाँ बेलाबेलामा गइरहन्थे। महरालाई उनि आदरले सर भन्ने गर्थिन।तेसदिन महरा ढोकाबाट प्रवेश गर्नेवित्तिकै मसरासर महिलाको बेडरुममा गएर दुईवटा खाट मध्य ठूलो खाटमा बसेको कुरा पिडित महिला बताउछिन।उनले बेडरुममा बस्न साथ आफूसँग ल्याएको रक्सी र स्न्याक्स निकाल्दै त्यसलाई खानका लागि गिलास र प्लेट पनि मागेका थिए ।
पहिले नै रक्सी खाएर आएका महराले ति महिला लाइ पनि रक्सी पिउन जबर्जस्ती गरेको र करिव एक लिटरको वोतलमा रहेको रक्सी आधा सकिएपछि बसेर पिइरहेको कोठामा आफुलाइ तानेर जबर्जस्ति करणि गरेको बताएकी छन।यसअघी पनि महरा ति महिलाका श्रीमान को आखा छलेर नजानिदो तरिकाले संबेदनशिल अंगहरुमा झट्ट हातपुर्याउने,चलाउने जस्ता हर्कत गर्ने गरेकोले तेसदिन श्रीमान नभएकोले श्रीमान आएपछि आउन अनुरोध गरेकी थिइन तर उच्च राजनीतिक हैसियतका अगाडी उनको केही चलेन उनि एउटा काम छ भन्दै सरासर बेडरुममै गएर बेडमै बसेका थिए ।
रक्सीले मातेका महराले करणि प्रयास गर्दा आफू भन्दा बलियो भएकाले एकैपटकमा बेडमा लडाएको र प्रतिकार गर्ने प्रयास गरेतापनि उनको प्रयास खेरा गएको बरु उल्टै महराको प्रतिकार गरिन्जेल अनुहार र जीउका बिभिन्न भागमा निर्घात कुटपिट गरेर निलडाम बसेको कुटाइ र बलात्कार को सिकार हुंदाको पिडा ले महिला ले आफूले प्रहरीलाई खबर गर्छु कि त छैनस कि म छैन भनेर चिच्याउन थालेपछि महरा केहि हच्किएका थिए। चार वटा कोठा रहेको सो फ्ल्याटमा एक्लै रहेकी उनले चिच्याउदा सबै निदाइसकेकोले कसैले नसुनेको बताउदै पिडित महिला तेसदिन महराले वेडरुमदेखि भान्सासम्म उनीमाथि दुर्व्यवहार गरेको र आफूलाई दुर्व्यवहार भएको ठाउँ उनले देखाइन। त्यसक्रममा सबै सामानहरु लडेको र कतिपय सोमबार दिउँसोसम्म पनि लडिरहेको अवस्थामा थियो। महराले खाएको बाँकी रक्सी अझै पनि घटनास्थलमै छ।
जतिसुकै प्रतिकार गरेपनि महराको कामवासनाको शिकार भएकी महिला आफूलाई बचाउन नसकि महरासँग बलात्कृत भन्दा पनि शक्तीसंग बलात्कृत भएपछि प्रहरीलाई खबर गरेको केही समयपछि प्रहरी घटनास्थलमा आइ सबै फोटो, भिडियो खिचेर गएको छ।
सत्ता र मदिराको उन्मादले महराद्वारा आफूमाथि करणी भएपछि उनले राती नै नेकपाका केहि महिला नेतृहरुलाई मेसेज गरि जानकारी गराइन। ‌ओनेसरी घर्तीदेखि पम्फा भुसालसम्मलाई जानकारी गराएपनि कसैले वास्ता नगरेको उनले सुनाइन। राती नै उपसभामुखदेखि अन्य केहि सांसदहरुलाई पनि यस बारेमा जानकारी दिएको र
विहानसम्म केहि प्रभावशालीहरुका बीचमा यो बिषय चर्चा भएपनि यस्लाइ गुपचुप बनाउन बिभिन्न ठॉउबाट फोनगरेर मिडिया मा नबोल्न दबाव दिरहेको कुरा पिडित ले बताएकी छिन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here