सिडनीमा “दशै रमझम”

0
105


नजिकिदो बिजया दशमीको उपलक्ष्य पारेरअस नेपाल इभेन्ट्सले सिडनीमा दशैं रमझम २०१८ आयोजना गर्ने भएको छ । सिडनीको मुटुमा रहेको शार्क होटलमा आयोजना हुन लागेको दशै रमझमका लागि नेपालवाट प्रताप दास ,प्रीती आले र हर्कुलस बस्नेतको बिशेष प्रस्तुती रहने आयोजक अस नेपाल इभेन्ट्सले जनाएको छ । आउदो अक्टोबर महिनाको पाँंच तारिख आयोजना हुने कार्यक्रमका लागि सम्पुर्ण तयारी भैसकेको आयोजक नेपाल इभेन्ट्सका खगेन्द्र सत्यालले सुनाए ।
बिदेशमा बस्ने नेपाली दाजुभाइ एकैथलोमा भेला भएर गित संगितको आनन्दका साथ दशै मनाउने योजनाका साथ दशै रमझम आयोजना गर्न लागिएको हो । कार्यक्रमलाई एस स्टडी अस्ट्रेलियाले मुख्य प्रायोजकको रुपमा सहयोग गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here