सिडनी सिटी कलेजद्धारा अशोकलाई नगद सहित सम्मान

0
2541

अशोकलाई सम्मान गर्दै कलेजकी सन्चालक रन्जु थापा

सीडनी सीटी कलेज पारामाटाले आफ्नो स्थापनाको एक बर्ष पुगेको उपलक्ष्यमा आयोजित कार्यक्रममा भर्खरै अस्ट्रेलियाको गोल्डकोष्टमा आयोजित गोल्८कोष्ट ओपन तेक्वान्दो प्रतियोगिताको पुम्से बिधामा स्वर्ण पदक विजेता अशोक खड्कालाई पचास हजार नगद सहित सम्मान गरेको छ । सिडनी सीटी कलेजले आफना कलेजको आन्तरिक खेलकुद
प्रतियोगिताका विजेता खेलाडीलाई सम्मान गर्नुका साथै कलेज सन्चालनमा सहयोग पुरयाउने बिभिन्न ब्यक्तीत्वलाई सम्मान समेत गरेको थियो । कलेजका सन्चालक रन्जु थापा तथा नरेश थापाले अनुभवी तेक्वान्दो खेलाडी अशोक खड्कालाई नगद सहित सम्मान गर्दै देशको नाम उँचो पार्ने खेलाडीहरुलाई सम्मान गर्नु आफ्नो कर्तब्य रहेको बताए ।
कार्यक्रममा अशोकले बिदेशमा रहेर पनि नेपाल र नेपालीको शान र मान बढाउने प्रवासीहरुको सहयोग आफ्नो खेल बिकासको अभियानका लागि निकै ठुलो उर्जा हुने बताए ।
सीड्नी सीटी कलेजका सन्चालक रन्जु थापाले गुणस्तरिय शिक्षा र व्यबशायीक दक्षता कलेजको पहिलो प्राथमिकता रहेकोले यसमा सहयोग पुरयाउने सबै सहयोगी ब्यक्ती र एजेन्सीहरु धन्यबादको पात्र रहेको बताए । कार्यक्रममा ग्रानभिल समाजका अध्यक्ष रमेश थापा र अभिभावक श्रीभक्त अच्युत वाग्ले लगायतले कलेजकग्राो सफलताको कामना गरेका थिए । कार्यक्रममा कलेजका सन्चालक रन्जु थापा तथा नरेश थापाले प्रशासन प्रमुख अर्जिना जोशी, प्रमुख प्रशिक्षक क्लाउडिया भिएरा , कलेजका ब्यवस्थापक सागर लोहनी , आइटी ट्रेनर कुलदीप प्रधानलाई ट्रफीद्धारा सम्मानित गरिएको थियो । कार्यक्रममा सिडनीका शैक्षिक परामर्शदाता, ब्यवशायी तथा बिभिन्न संघ संस्थाका प्रतिनिधीहरुको बाक्लो उपस्थीती रहेको थियो ।

ग्रानभिल समाजद्धारा अशोकको सम्मानआयोजित कार्यक्रममा सहभािगहरु सम्मानित सहभागिहरु

ग्रानभिलको बधाइज्ञापन
यसै बिच अस्ट्रेलियाको सीडनीमा नेपालीहरुको बाक्लो बस्ती रहेको ग्रानभिलमा ग्रानभिल नेपाली समाजले पनि शुक्रबार राती अशोकको सम्मानमा एक कार्यक्रमको आयोजना गर्दै बधाइ ज्ञापन गरेको थियो । कार्यक्रममा एनआरएनका उपाध्यक्ष नन्द गुरुङ , ग्रानभिल समाजका अध्यक्ष रमेश थापा, उपाध्यक्ष भिम बस्नेत, कुमार श्रेष्ठ ,नविन गुरुङ ,कोषाध्यक्ष जिवन जोशी , सल्लाहकारहरु भरत पन्त,नरेश थापा , सुजाता बस्नेत , मुन शर्मा छबी सापकोटा, सुबर्ण शर्मा, मिना शर्मा लगायतले गोल्डकोस्ट ओपनमा स्वर्ण पदक विजेता अशोकलाई खादा ओढाएर सम्मान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here