सीडनीमा ऐतिहासिक बन्यो “सप्तपरी”

0
147


नेपीन्डो फ्युजन ग्रुपको आयोजनामा सम्पन्न सप्तरी कार्यक्रम सिडनीमा भब्य र सभ्य रुपमा सम्पन्न भएको छ । शनिबार राती अबेरसम्म चलेको कार्यक्रममा नेपालवाट आएका सात परीहरु बर्षा राउत ,स्वस्तीमा खड्का, बेनिसा हमाल, उत्प्रेरक श्रृष्टी केसी, गायिका रेजिना रिमाल, नायीका एलिसा राइ र मिस नेपाल निकिता चन्डकले सीड्नीको मुटुमा रहेको टाउनहलमा हजारौ दर्शकमाझ उत्कृष्ट कलाकारीता प्रस्तुत गरे ।
सिड्नीमा हरेक टोल शहर र बस्तीमा टाउन हल छन् । तर अरु हजारौंले जस्तै प्रत्येक दिन नेपालीहरुको पनि मिलन र बिश्रामस्थल बन्दै आएको शहरको आकर्षकको केन्द्रमा रहेको यस हलमा नेपाली समुदयाले अझसम्म गरेको यो तेस्रो कार्यक्रम हो । निकै महंगो र आकर्षक मानिने यस सभागृह उन्नाइसौं शताब्दिको अन्ततिर बनेको प्राचिन स्मारक पनि हो ।
स्थानिय परीहरुको क्याटवाकवाट प्रारम्भ भएको कार्यक्रममा स्वस्तीमा खड्काको कुटुमा कुटु अनि बर्षा राउतको ए दाजु नसमाउ नाडिमा अनि एलिसा राइको ठमेल बजारले दर्शक दिर्घालाई जुरुक्कै उचालेको थियो । बेनिसा हमालको नृत्य अनि मिस नेपाल निकिता चन्डकको क्याटवाकसँंगै उत्प्रेरक दृष्टी गुमाएकी श्रृष्टी केसीको बेजोड प्रस्तुतीले टाउनहलको रौनकनै बदलिएको थियो ।
हामी सबैका पछाडि संघर्षका आ–आफ्नै कथा छन् तर हामी यहाँको नेपाली समाजलाई सिकाउन होइन केही सिक्न आएका हौ र धेरै कुरा सिकेर फर्कदैछौ, मिस नेपाल निकिता चन्डकले सुनाइन । यस्तै नायीका बर्षा राउतले अस्ट्रेलिया आएर आफुले जानेको कला प्रस्तुत गर्न पाउँंदा निकै खुसी लागेको बताइन । राउतले प्रवासमा रहनुभएका नेपालीहरुले नेपाली चलचित्रहरुलाई यतिधेरै माया गरेका कारण पनि नेपाली सिने उद्योगले अगाडि बढने मौका पाएको बताइन ।
कार्यक्रमकी बास्तविक परी भने श्रृष्टी केसी ठहरीन । निकै बिश्वासका साथ स्टेजमा उत्रेकी श्रृष्टीले भनिन, सात समुन्द्रपार आएर मैले दुनियालाई देख्न सकिन त के भयो,एक दिन म यस्तो राम्रो काम गर्छु की संसारले मलाई देख्ने छ । निकै उत्प्रेरक भनाइका साथै स्टेजमा वाह वाह लुटेकी श्रृष्टीले आफु भित्रको बिश्वासले जित्न सकेको बताउदै भनिन, मैले दृष्टी गुमाए त क भयो तर श्रृष्टीले संसार जितेर पृष्टी गरीसकेकी छे उ कमजोर छैन भनेर ।
उनको करिब २० मिनेटको उत्प्रेरक भनाइका दौरान टाउनहल स्तब्ध बनेको थियो भने केहि दर्शकहरु आुश पुछ्दै देखिन्थे । उनले एउटा गितमा नाचीन पनि ,त्यसपछि श्रृष्टीको सम्मानमा सारा हल उठेर ताली पीट्न थाल्यो ।
कार्यक्रमकी अर्को आकर्षक बनेकी थिइन गायीका रेजिना रिमाल । मिठो स्वरकी धनी रेजिनाले पानीको फोका जस्तो फुट्यो हाम्रो माया , नाइ नभन्नु ल जस्ता कर्णप्रीय गित गाएर दर्शकको वाहवाही लुटुकी थिइन ।
ढाकालाई आधुनिक पहिरनमा डिजाइन गरी श्रृंगारको रुपमा प्रस्तुत गर्ने र नेपाली ढाकाका डिजाइनर मुक्ता श्रेष्ठको आकर्षक पहिरन पनि स्थानिय मोडलहरुले प्रस्तुत गरेका थिए ।
नेपाली कला र श्रृंगारको संयोजन ‘सप्तपरी’ नाम राखिएको कार्यक्रमको मुख्य दृष्टिकोण समाजमा भएको उत्पीडन र असमानतालाई पराजित गरेका सफलताका जिबन्त कथा प्रस्तुत गर्नुका साथै मनोरन्जन, उत्प्रेरणा प्रदान गर्नु थियो,त्यसमा हामी सफल भयौ ,आयोजक नेपीन्डो समुहकी उषा बारिया पोखरेलले बताइन । कार्यक्रममा अस्ट्रेलियाका लागि नेपाली राजदुत लक्की शेर्पाले प्रवासमा आयोजना हुने यस्ता उत्प्रेरक कार्यक्रमहरु हाम्रो समाजको लागि आवश्यक खुराक भएको बताइन । उनले महिला सशक्तीकरणका साथ साथै मनोरन्जन र नेपाली कलाको संगममा सप्तपरी आयोजकले एउटा महत्वपुर्ण इट्टा थप्ने काम गरेको बताइन ।कार्यक्रममा एनआरएन अ‍ोसेनिया संयोजक धर्म अधिकारी,न्यु साउनवेल्सका महाबाणिज्यदुत दिपक खड्का ,अन्तराष्ट्रीय झापाली समाजका केन्द्रिय अध्यक्ष दिनेश पोखरेल,एनआरएनका उपाध्यक्ष नन्द गुरुङ , नेपाली समाजकी अगुवा इन्द्रा वन लगायतको उपस्थीती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here