सीड्नीमा अक्षराका तिन बिध्यार्थीलाई नौ स्वर्ण पदक

0
358

 तिनै बिध्यार्थी एल युनिभर्सिटीमा छानिए

मौका पाउने हो भने नेपाली बिध्यार्थीहरु संसारभरका कुनैपनि प्रतिस्पर्धामा कमजोर छैनन भन्ने कुरा हालै सीड्नीमा सम्पन्न एक प्रतिस्पर्धाको परिणामले प्रष्ट पारेको छ ।
अस्ट्रेलियाको सीडनीमा तीस राष्ट्र सहभागि वल्र्ड स्कलर कप २०१९ मा नेपालवाट प्रतिनित्वि गरेका अक्षरा स्कुलका तिन बिध्यार्थीले उत्कृष्ट प्रर्दशन गर्दै नौ स्वर्ण पदक सहित अमेरिकाको एल युनिभर्सीटीका लागि आफ्नो स्थान पक्का गर्न सफल भएका छन ।
सीड्नीको डार्लिङ हार्बरस्थीत वल्ड कन्भेन्सन सेन्टरमा आयोजना भएको चार दिने वल्र्ड स्कलर कपमा नेपालको प्रतिनिधित्व गर्दै पेप्सीकोलाको अक्षरा बोडिङ स्कुलका तिन बिध्यार्थीले सहभािगता जनाएका थिए । नेपालवाट प्रारम्भीक चरणमा योग्यता परिक्षामा पास भएपछि अक्षराका यी तिन बिध्यार्थीैले अस्ट्रेलियामा सहभागिताको मौका पाएका थिए ।
अक्षरावाट सहभागि कक्षा सातमा अध्यनरत नितासा अधिकारीले करिब एक हजार बिध्यार्थी सहभागि स्कलर कपमा दुइ स्वर्ण र तिन रजत पदक जितेकी थिइन भने कक्षा आठकी स्वस्ती रेग्मीले चार स्वर्ण पदक र एक रजत तथा सोही कक्षाकी जेशिका शर्माले तिन स्वर्ण पदक र दुइ रजत पदक जितेकी थिइन ।
संसारभरका बिध्यार्थीहरुको भिड्मा नेपाली बिध्यार्थीले आफुहरुलाई अब्बल साबित गर्दै प्रतियोगिताको अमेरिकामा हुने अन्तिम चरणको प्रतिस्पर्धामा छनौट समेत पक्का गरेका छन ।
हामीले भाषा, लेखन, आइक्यु र अन्य विबिध बिषयमा भएका प्रतिस्पर्धामा सहभागिता जनाएका थियौ, नौलो परिवेश र नया बाताबरणबिच पनि हामीले सफलता हात पारयौ, यो अक्षराको पढाइ र हाम्रो सिकाइवाट सम्भव भएको हो, स्वस्ती रेग्मीले सेतोपाटीलाई बताइन । निकै उत्साहित यी नेपाली बालिकाहरु यहाँंको बिध्यार्थीहरुसँंग प्रतिस्पर्धा गर्दा प्रारम्भमा केहि हच्केका थिए तर पढाइ र सिकाइमा उनिहरु अगाडि रहे र स्वर्णको भारी बोक्न सफल भए ।
यहाको बिकास र सरसफाइले प्रभाव पारको बताउने नितासाले भनिन, यहाँंको बिध्यार्थीमा आत्मबिश्वास भने निकै उचो रहेको पाए अन्य बिषय भने खासै फरक देखिएन । पढ्ने र लेख्ने अनि प्रस्तुत हुने बिषयमा आफुहरु तम्तयार रहेको कराण पनि सबै टिमले सफलता हात पारेको नितासाको भनाइ थियो । अर्की बिध्यार्थी जेशिकाले भने बिश्वका बिभिन्न देशवाट आएका बिध्यार्थीहरु बिच प्रतिस्पर्धामा सहभागिता पाउनु आफुहरुको लागि ठुलो मौका भएको र त्यसमा पनि सफलता प्राप्त गर्दा निकै उत्साहित भएको बताइन ।
स्कुलकी प्रीन्सीपल अन्जु भट्टराइले अक्षराको संस्कारयुक्त शिक्षाको नारा र ब्यबहारले बिध्यार्थीहरुमा संसारको जुनैसुकै कुनामा पनि प्रतिस्पर्धा गर्ने क्षमता अभिबृद्धी गरेको बताइन । सिड्नीमा सम्पन्न यत्रो ठुलो कुम्भमेलामा नेपाली बिध्यार्थीहरुले बिभिन्न प्रतिस्पर्धामा ९ वटा स्वर्ण पदक जित्नु र फाइनल चरणमा छानिनु स्कुल र देशको लागि गर्वको बिषय बनेको प्रीन्सीपल भट्टराइले बताइन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here