सुजाता र राजेशको “तिमी राजी म राजी “

0
941

अस्ट्रेलियाको सीड्नीमा बसेर नेपाली कला र संगितलाई अगाडि बढाउदै आएका एकजोडी गायक सुजाता उपाध्याय र राजेश केसीले आफ्नो नया गीत “तिमी राजी म राजी”को म्युजिक भिडियो सार्वजनिक गरेका छन । सिडनीमा रहेको दी नेक्स्ट नामक चर्चित नाट्य समुहले यो गितमा आफ्नो कलाकारीता प्रर्दशन गरेका छन । मिठो सारै मिठो जस्तो गित मार्फत नेपाली संगितमा उदाएको दी नेक्टले तिमी राजी म राजीमा पनि राजेश र सुजाताको स्वरलाई न्याय गरेका छन । लामो समयदेखि अस्ट्रेलियालाई कर्म भुमि बनाउदै आएका यी दुइ गायकका थुप्रै एकल गितहरु बजारमा आइसकेका छन । आनन्द राइको संगित तथा प्रदिप लामाको निर्देशनमा बनेको म्युजिक भिडियोमा दी नेक्स्टका सुचना पौडेल, स्वेता पौडेल,सुरक्षा थापा तथा अमित बज्राचार्य,योगेश काकीृ र प्रदीप लामाले नृत्य पस्तुत गरेका छन । हामीले बिदेशमा बसेर पनि नेपाली भाषा र गित संगितलाई अगाडि बढाउने काम गरेका छौ ,यसले नया पीढीलाई पनि मुलुकसँंग जोड्ने काम गरिरहेको जस्तो लागेका छ, सिडनीकी चर्चित गायीका सुजाता उपाध्याय मानन्धरले बताइन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here