सुन्दरीजल पुगेर विश्वले भने ः म पनि महामन्त्रीको उम्मेदवार

काठमाण्डौं। वीपी कोइराला लामो समय जेल बसेको सुन्दरी जेलमा पुगेर नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीको उम्मेदवारी घोषणा गरेका छन्।

वीपी जयन्तीकै दिन पारेर वीपी कोइराला लामो समय जेल वसेको स्थलबाट शर्माले उम्मेदवारी घोषणा गर्नुलाइ अर्थपूर्ण रुपमा हेरिएको छ। उनले उम्मेदवारी घोषणा गर्दै भनेका छन–२०१५ सालमा वीपीले १५ बर्ष दिनुस भने।

यसको अर्थ के हो ? उनले आफूलाइ १५ बर्ष होइन, कांग्रेसलाइ वर्ष मागे। कांग्रेसले जित्यो पनि। त्यसलगत्तै सत्ता पलट भयो। ‘कू’ भयो। र, पञ्चायती ब्यवस्था लादियो।

वीपीको सपना अधुरै रह्यो। यसलाई पुरा गर्न म महामन्त्री घोषणा गर्छु । यसबारे थप जानकारी शनिबारको पत्रकार सम्मेलनमार्फत गर्ने बताएका छन्।