२०७४ को वैद्य–प्रकाश मानवअधिकार पुरस्कार डोमलाई प्रदान

0
686

राजविराज, साउन १७ । २०७४ वैद्य–प्रकाश मानवअधिकार पुरस्कार मानवअधिकार तथा दलित आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याएका सप्तरीका युक्तिलाल मरिक डोमलाई प्रदान गरिएको छ ।

सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं. २ का ५३ वर्षीय डोमलाई उक्त पुरस्कारबाट सम्मान गरिएको हो । सोमबार आयोजित अनौपचारिक क्षेत्र सेवा केन्द्रद्वारा ‘२१ औँ प्रकाश मानवअधिकार पुरस्कार’ कार्यक्रममा मरिकलाई डोम जातिको मुक्तिको आन्दोलनमा महत्वपूर्ण भूकिका निर्वाह गरेको भन्दै पुरस्कार स्वरुप रु तीन हजार १०५ प्रदान गरिएको छ ।

दुई दशकदेखि गरिब, असहाय, दलित, महिला, अल्पसंख्यक र भूमिहीनको उत्पीडनविरुद्ध सक्रिय रहँदै आएका मरिक दलितमा सबैभन्दा पछाडि पारिएको डोम जातिको आन्दोलनको अभिन्न अंगका रुपमा स्थापित रहेका छन् । डोम उत्थान समाजका अध्यक्ष डोम विसं २०५६ देखि डोम जातिको भूमि तथा कृषि अधिकार, दलित सशक्तीकरण र सिनो बहिष्कार आन्दोलन, जातीय छूवाछूत र घर उठीबासविरुद्धको अभियानका साथै सप्तरी, सिरहा र सुनसरीका विभिन्न मन्दिर र होटलमा डोम समुदायको प्रवेश खुल्ला गराउन निरन्तर क्रियाशील रहेका छन् ।

उक्त कार्यक्रममा प्रहरी उपरीक्षक मुकेशकुमार सिंह, ज्येष्ठ नागरिक संघ सप्तरीका अध्यक्ष शिवहरि भट्टराई, राजविराज लायन्स क्लबका अध्यक्ष शंकर शारडा, पूर्व कर्मचारी सेवा परिषद्का अध्यक्ष रामनरेश सिंह, पत्रकार अनिलकुमार अनल लगायतले विभेदको अन्त्य गर्न मानवअधिकार अभियानलाई निरन्तरता दिइरहनु पर्ने बताए ।

रु ५० हजारबाट राजविराज नगरपालिका–७ का वैद्यनाथ झाले स्थापना गरेको सो पुरस्कार २०७३ सालदेखि प्रत्येक वर्ष मानवअधिकार तथा नागरिक आन्दोलनका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तित्वलाई प्रदान गरिँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here