‘ड्रिम गर्ल’ को फस्टलुक पोष्टर सार्वजनीक, रिलिज मिति फेरबदल

0
404

काठमाडौं, बैशाख १४ । नेपाली सिने जगतमा उदाउँदै गरेका अभिनेता आकाश श्रेष्ठ र नव(अभिनेत्री आश्मा गिरी स्टारर फिल्म ‘ड्रिम गर्ल’ को रिलिज डेट फेएिको छ । असार २९ गते रिजिज मिति तोकिएको चलचित्रको प्रदर्शन मिति अब असोज १९ गतेलाई फाइनल गरिएको छ ।

नयाँ प्रदर्शन मिति तोकेसँगै चलचित्रको फस्टलुक पोष्टर पनि सार्वजनिक गरिएको छ । पोष्टरमा आकाश र आश्मा रोमान्टिक मूडमा देखिएका छन् भने अर्का कलाकार विल्सन विक्रम राईलाई स्कुटर चलाइरहेको देखिन्छन् ।

निर्देशक ऋषिराज आचार्य निर्देशित चलचित्र ‘ड्रिम गर्ल’ प्रेमकथामा आधारित रहने छ । चलचित्रमा आकाश श्रेष्ठ, आश्मा गिरी, सरोज खनाल, अर्जुन श्रेष्ठ, शिशिर भण्डारी, पूजा पराजुली, निर्मल शर्मा, लक्ष्मी गिरी,रश्मी भट्ट, सुरवीर पण्डितलगायतका कलाकाहरुको अभिनय गरेका छ । आरबि मुभीजको ब्यानरमा बनेको फिल्मको निर्मातामा निर्देशक ऋषिराज, अर्जुन शर्मा र रामेश्वर घिताल रहेका छन् ।

काठमाडौ, मुस्ताङ तथा थाइल्याण्डका बिभिन्न स्थानमा खिचिएको यस चलचित्रको सह–निर्मातामा दक्षिण भारतको रिल एण्ड रियल सिनेमा कम्पनी रहेको छ । राहुल राईले खिचेको उक्त चलचित्रमा अर्जुन पोखरेलको संगीत र गम्भीर बिष्टको कोरियोग्राफी रहेको छ । चलचित्रमा नवीन निरौलाले सम्पादन गरेका हुन् ।  ‘ड्रिम गर्ल’ को बिदेशमा निकै डिमाण्ड भएकाले पहिला देशबाहिर प्रदर्शन गर्न लागीएको जानकारी दिँदै निर्देशक ऋषिराजले प्रदर्शन मिति केही पर सारेको स्पष्ट पारेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here