मलेसियाका मन्त्रीद्वारा धार्मिक पर्यटनमा आर्थिक सहयोग

0
61

काठमाडौँ, कात्तिक १२ । मलेसियाका मानव संसाधनमन्त्री एम कुलाशेगरानले नेपाल भ्रमण गर्ने क्रममा आज बिहान पशुपतिनाथको दर्शन गरेका छन् ।

दुई घण्टा पशुपति परिसरमा रहेका उनले पशुपति नाथको मूल मन्दिर, १५ शिवालय, गोरखनाथलगायत विभिन्न मठमन्दिरको अवलोकन समेत गरेका हुुन् ।

पशुपति विकास क्षेत्र कोषका कार्यकारी निर्देशक रमेश उप्रेती र सदस्यसचिव प्रदीप ढकालले मन्त्री कुलाशेगरानलाई अवलोकन गराएका हुन् । उक्त समारोहमा कोषले धार्मिक पर्यटन प्रवद्र्धनमा सहयोग गर्न मलेसियाका मन्त्रीसँग अनुरोध समेत गरेका थिए ।

विगत १० वर्ष अघि नेपाल भ्रमणमा आएको स्मरण गर्दै मन्त्री कुलाशेगरानले मलेसियाका हिन्दू धर्मावलम्बीलाई नेपाल भ्रमण गर्नका निम्ति प्रोत्साहन गर्ने कार्यकारी निर्देशक उप्रेतीले स्पष्ट पारे । मन्त्री कुलाशेगरान नेपाल भ्रमणका निम्ति हिजो (आइतबार) काठमाडौं आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here