नेपालका वरिष्ठ कलाकार थापाको निधन

0
574

काठमाडौँ, जेठ ३० । वरिष्ठ कलाकार भीमबहादुर थापाले ९३औँ वर्षको उमेरमा सबैलाई छाडेर गए । उनको निधन आज बिहान २ बजे उनको आफ्नै घरमा भएको परिवार स्रोतले बताएको छ ।

उनी लामो समयदेखि छाती, फोक्सोलगायत समस्याबाट ग्रसित थिए । थापाले थुप्रै चलचित्र, टेलिचलचित्र र रेडियो नाटकमा समेत अभिनय गरिसकेका छन् ।

दुई वर्ष बेलायती सेनामा काम गरे पश्चात नेपाली सेनामा समेत उनले काम गरेका थिए । पशुपति आर्यघाटमा आजै उनको अन्त्येष्टि गरिएको छ ।

उनलाई अन्तिम श्रद्धाञ्जलि दिन वसुन्धरा भुसाल, दीपाश्री निरौलालगायत कलाकार आर्यघाटमा उपस्थित रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here