वर्षा ‘छक्का पञ्जा ३’ को गीतमा मात्र रहने

0
459

काठमाण्डौ, जेष्ठ ३० । नेपाली सिने जगतको चल्दोबल्दो सुपरहिट फिल्म ‘छक्का पञ्जा’ को दुई सिरिजमा लिड रोल गरेकी अभिनेत्री वर्षा राउत ‘छक्का पञ्जा ३’ मा भने मात्र एक गीतमा सिमित हुने भएकी छिन् । यस चलचित्रले दर्शकमाझ निकै राम्रो छाप छोडेकोले गर्दा निर्माण अगावैदेखि प्रतिक्षीत रहेको थियो । यस चलचित्रको हाल अन्तिम चरणको छायांकन हुँदै छ ।

दीपाश्री निरौलाद्वारा निर्देशित चलचित्र ‘छक्का पञ्जा ३’ मा अभिनेत्री वर्षा राउत एक गीतमा देखिने स्वयं निर्देशक निरौलाले बताएकी छन् । उनले भनिन्, हामी चलचित्रको सम्पूर्ण दृश्य सकाएपछि गीत खिच्नेछौं । गीतमा वर्षा पनि देखिनेछिन् ।’ दिपाका अनुसार, वर्षाको फिल्ममा एक गीतबाहेक अन्य सिन नरहेको बताइन् ।

रोचक कुरा त यस चलचित्रमा उनका प्रेमी संजोग कोइरालाको पनि अभिनय छ । उनले आफ्नो भागमा रहेको सिन पनि भ्याइसकेका छन् । अभिनेता पुष्प खड्काले अन्तिम समयमा यस चलचित्रबाट हात झिकेपश्चात निर्माण टिमले उनको ठाउँमा संजोगलाई भित्राएका थिए ।

’छक्का पञ्जा ३’ मा अभिनेत्री प्रियंका कार्की भने अतिथी भूमिकामा देखिनेछिन् । गत शनिवार अभिनेत्री स्वस्तिमा खड्काले पनि यो फिल्ममा ज्वाइन गरेकी थिइन् ।

यसअघि उनी फिल्ममा हुने विषयमा निर्माण टिमले कुनै जानकारी नदिएको र उनको एक गीत र केही सिन रहने बताइएको छ । दीपकराज गिरी, दीपिका प्रसाईँ, जीतु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, नीर शाह, किरण केसी, संयोग कोइरालालगायतका कलाकारहरुको यस चलचित्रमा अभिनय रहनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here