अब अनलाइनमा व्यक्तिगत घटना व्यवस्थित

0
479

काठमाडौँ, असार १८ । २०३४ सालदेखिका जन्म, मृत्यु, बसाइँ–सराइ, विवाह र सम्बन्धविच्छेदका घटना अनलाइनमा केन्द्रीय पञ्जीकरण विभागले राख्न थालेको छ । दर्ता भएका ती घटना व्यवस्थित, पारदर्शी एवं प्रभावकारी बनाउन विभागले अनलाइनमा राख्न थालेको होे ।

हालसम्म पाँच लाख ५४ हजार ९९२ जनाको घटना विभागका सूचना प्रविधि शाखाका इन्जिनियर सञ्जीव पौडेलले अनलाइनमा राखिएको जानकारी गराएका छन् । उनका अनुसार तीन लाख २४ हजार ८६१ हजार जन्मदर्ता, ६१ हजार २६५ बसाइँ–सराइ, एक लाख १२ हजार ६५९ विवाह दर्ता, एक हजार ९४८ सम्बन्धविच्छेद र ५४ हजार २९५ मृत्युका घटना अनलाइनमा दर्ता गरिएको छ ।

व्यक्तिको घटना दर्तालाई अनलाइनमा राखी कागजविहीन बनाउने योजनाका साथ अहिले अनलाइन दर्ता गरिरहेका छौँ, उनले भने । अनलाइनमा भएका कुनै व्यक्तिको विवरण खोज्दा सजिलै प्राप्त गर्न पुराना ढड्डा पल्टाउन नपर्ने र सहजै रुपमा अनलाइन् मार्फत हेर्न पाइने समेत उनले बताए ।

सात सय ५३ स्थानीय तहमा छ हजार ७४३ वडा कार्यालय रहेकामा अहिलेसम्म एक हजार ५८८ वडा कार्यालयले अनलाइनबाटै दर्ता गरिरहेका छन् । सबै वडा कार्यालयमा इन्टरनेटको पहुँच नपुगेकाले दर्ता प्रक्रिया सोचअनुसार हुन नसकेको इन्जिनियर पौडेलले बताएका छन् । सामाजिक सुरक्षा भत्ता वितरणलाई व्यवस्थित बनाउन व्यवस्थापन सूचना प्रणाली सञ्चालन गरिएको छ । विभागले सामाजिक सुरक्षाभत्ता पाउने व्यक्तिको नामावली पनि अनलाइनमा राख्ने गरेको छ ।

सम्बन्धित व्यक्तिले मात्र सामाजिक सुरक्षा पाउन् भन्ने हेतुका साथ अनलाइनमा व्यक्तिको विवरण राख्न थालिएको विभागका सूचना अधिकारी खिलप्रसाद अधिकारीले भने । सूचना प्रणालीमा दर्ता भएका व्यक्तिले मात्र सामाजिक सुरक्षा भत्ता पाउने भएकाले व्यक्तिको नाम नदोहोरिने र अर्काले नपाउने सुविधा छ । विभागले अहिलेसम्म २३ लाख १४ हजार ५५१ जनाको नामावली अनलाइनमा दर्ता गराएइ सकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here