क्रुरतापूर्वक बन्चरोले श्रीमतीको हत्या

0
337

भक्तपुर, जेठ २५ । भोजपुर चरनदी घर भई हाल चाँगुनारायण नगरपालिका–७ खरिपाटी बस्ने उमेश माझीले आवेगमा आइ बन्चरो प्रहार गरी आफ्नै श्रीमतीको क्रुरतापूर्वक हत्या गरेका छन् ।

गएराति सुतिरहेको अवस्थामा खरिपाटीस्थित राममाया कार्कीको घरमा डेरा गरी बस्ने माझीले २८ वर्षीया श्रीमती सलेना माझीको टाउकोमा बन्चरोले हानेर हत्या गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले बताएका छन् ।

बन्चरो प्रहारबाट सख्त घाइते सलेनाको उपचारका क्रममा न्यूरो अस्पताल बाँसबारीमा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी गराएका छन् ।

श्रीमतीलाई बन्चरो प्रहार गरी फरार रहेका उमेश माझीको खोजी कार्य जारी रहेको र घटनाको अनुसन्धान प्रारम्भ गरेको उनले जानकारी गराएका छन् । माझीको ११ वर्षीया छोरी र सात वर्षीय छोरा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here