संरक्षणमा खटिएका सुरक्षा गार्डलाई सोधपुछ मात्रै गरेको हो : नगरपालिका

0
64

काठमाडौं, मंसिर ४ । भक्तपुर नगरपालिकाले नेपाल ट्रष्टको जग्गा संरक्षणमा खटिएका सुरक्षा गार्डलाई कब्जामा नलिई सोधपुछ मात्रै गरेको बताइएको छ ।

मङ्गलबार राति ७ बजे विज्ञप्ति जारी गर्दै नगरपालिकाले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित १०८ रोपनी नेपाल ट्रष्टको जग्गा संरक्षणमा खटिएका सुरक्षा गार्डलाई कब्जामा लिएको भन्ने समाचारप्रति ध्यान केन्द्रीत गरेको छ ।

सो जग्गाको दुरुपयोग भएको र अतिक्रमणसमेत भएकाले नगरपालिकाले बजेटले संरक्षण गर्न वरिपरि पर्खाल लगाएर ताल्चा मारेको विज्ञप्तिमा उल्लेख छ । नगरपालिकाले नेपाल ट्रष्टको जग्गाको गेटमा लगाएको ताल्चा फुटाएर फ्याँकेको सूचना पाए पश्चात उक्त स्थानमा बसेका एक व्यक्तिलाई सोधपुछका लागि नगरपालिका ल्याएको र प्रहरी प्रशासनबाट सो व्यक्ति ट्रष्टबाट खटाइएको भन्ने जानकारी आएपछि फर्काइएको जारी विज्ञप्तिमा उल्लेख छ ।

सो जग्गा नगरपालिकाले स्वामित्वमा लिन खोजेको नभई संरक्षण मात्रै गरेको जानकारी पाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here