विश्वविद्यालयले शिक्षण विधिलाई आधुनिक र प्रविधिमैत्री बनाउनुपर्ने : ओली

0
180

काठमाडौँ, असोज २ । त्रिभुवन विश्वविद्यालयले समृद्ध नेपालका लागि आवश्यक पर्ने उच्चकोटिको जनशक्ति उत्पादनमा ध्यान दिनुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीले जोड दिएका छन् ।

विश्वविद्यालयसभाको साधारण बैठकलाई आज कीर्तिपुरमा सम्बोधन गर्दै उनले विश्वविद्यालयले आफ्नो शिक्षण विधिलाई आधुनिक र प्रविधिमैत्री बनाउनुपर्ने बताए ।

संघीय र गणतन्त्रात्मक प्रणाली अनुकूल शैक्षिक प्रणालीमा सुधार आउनुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिए । अबको पुस्ताले देश निर्माण नगरेर छुट पाउने अवस्था नरहेकोे बताउँदै उनले भने– जनताका लागि सबै व्यवस्था र प्रणाली स्थापना गरेका छौँ, त्यस कारण देश बनाउन केहीले रोक्दैन, हामीले अब कसैलाई दोष देखाएर उम्कने ठाउँ छैन ।

शिक्षाबाट ज्ञान मात्र नभएर आचरण पनि निर्माण गर्नुपर्ने भन्दै खस्कँदो नैतिक मूल्यमान्यतालाई पुनजागृत गराउने काममासमेत विश्वविद्यालय शिक्षाको पाठ्यक्रमले ध्यान दिनुपर्ने प्रधानमन्त्री ओलीले बताए ।

यसैबीच त्रिवि सभाले आर्थिक वर्ष २०७५/०७६ का लागि रु २१ अर्ब १० करोड ८० लाख १३ हजार बजेट पारित गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here