‘आगामी तीन वर्षमा सबै नेपालीको घरघरमा बिजुली बत्ती पुर्याइसक्ने’

0
407

काठमाडौँ, असोज ९ । कोशी, गण्डकी, नारायणी र कर्णालीमा जलमार्ग निर्माणको सम्भावना पर्याप्त रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बताएका छन् ।

संघीय संसद्, प्रतिनिधिसभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको आज बसेको बठैकमा उनले समुन्द्रसँगको सहज सम्पर्क स्थापना गर्न सरकारले यसै आर्थिक वर्षभित्रमा कोशी र नारायणी नदीमा जलमार्गको निर्माण कार्यको शुरुवात गर्ने जनाए ।

आगामी तीन वर्षमा सबै नेपालीको घरघरमा बिजुली बत्ती पुर्याइसक्ने मन्त्री पुनको भनाइ छ । हाल सरकारले भारतबाट प्रतिवर्ष रु १७ अर्बको बिजुली खरीद गर्दै आएको छ ।

असोज ४ गते सम्पन्न समितिको सभापति पूर्णकुमारी सुवेदी निर्विरोध निर्वाचित भएपछि समितिको पहिलोपटक बैठक बसेको हो ।

बैठकमा ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय र जलस्रोत सचिव सञ्जय शर्माले मन्त्रालयको सांङ्गठनिक संरचना तथा जनशक्ति व्यवस्थापन आव २०७५/७६ को स्वीकृत कार्यक्रम कार्यान्वयनको अवस्था, जनशक्तिको व्यवस्थापनका बारेमा समितिका सदस्यलाई जानकारी गराए ।

बैठकमा समितिका सदस्य दलबहादुर राना, सीतादेवी यादव, राजबहादुर शाही, राधा ज्ञवाली, शान्तिमाया तामाङ, घनश्याम खतिवडा, सत्यनारायण शर्मालगायतले बूढीगण्डकी र पश्चिम सेती जलविद्युत् आयोजना अब चाँडै सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिएका छन् ।

तराईका अधिकांश जिल्लामा जडान गरिएका ‘डिप–बोरिङ’ सञ्चालनमा नआएकाले अनुगमन गर्न सांसदहरुले सरकारको ध्यानाकर्षण गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here