अँध्यारो

0
61
राजेन्द्र प्रसाद पाठक । लेखक आर्यावत (भारतवर्ष ) युवा समाज नेपालका अध्यक्ष हुन् ।

बत्तीले अँध्यारो खोज्न टाढा धाउनु पर्दैन !
अँध्यारो त बत्तीमुनि नै लुकिरहेको हुन्छ !!
बत्तीले टाढा टाढासम्म प्रकाश छरेको हुन्छ !
नाकै मुनीको अँध्यारो बत्तीलाई गिज्याउँछ !!

दुस्ख पनि सुखसंगै यताउती डुलिरहेको हुन्छ !
तर किन हो किन सुख दस्खलाई देख्दैदेख्दैन !!
सुख छउन्जेल बाह्रहातको टाँगोले पनि छुदैन !
दुस्ख ज्यालो हुन्छ जति पिटे पनि रुदै रुदैन !!

संकट पनि कतै टाढा विकट विकटमा हुदैन !
सुगम समथरमा पर्खेर मात्र बसिरहेको हुन्छ !!
लड्न कतै भिर पहरामा ठोकिनु पर्दै पर्दैन !
दैलाको ठेलो नै ठोकिन ठेसलाग्न काफी छ !!

शोक र रोग लाग्न कमी कमजोरी हुनै पर्दैन !
शंका लोभ र लालच भए ती सबैले घेर्छन् !!
सुखी र निस्चिन्त बन्न नत सन्यासी बन्नुपर्छ ?
निरोगी बलशाली बन्न नत खोरिया खन्नुपर्छ ??

विद्वान बन्न धेरै किताब पढ्नु पर्दैन महासय !
संसारको आशयलाई अलिअलि बुझे पुग्छ !!
सम्पन्न बन्न धेरै धन मात्र भएर हुन्न महासय !
अलि अलि उदार तन मन मात्र भए पुग्छ !!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here