‘प्रलेस प्रतिभा पुरस्कार’ सीता विकलाई प्रदान गरिने

0
418

काठमाडौँ, भदौ ३१ । यस वर्षको ‘प्रलेस प्रतिभा पुरस्कार’ प्यूठानका ‘युद्धभित्रका संस्मरण’ पुस्तकका स्रष्टा सीता विकलाई प्रदान गरिने भएको छ ।

प्रगतिशील लेखक संघ नेपालका अध्यक्ष मातृका पोखरेलको अध्यक्षतामा बसेको सचिवालय बैठकले पुरस्कार छनोट समितिको सिफारिशलाई अनुमोदन गरेको हो । सो पुरस्कारको राशि रु १० हजार रहेको छ ।

पुरस्कार चयनका लागि उपाध्यक्ष रामप्रकाश पुरीको संयोजकत्वमा गठित समितिले विकट क्षेत्रमा रही जातीय उत्पीडन र वर्गीय भेद्का विरुद्ध संघर्ष गर्दै साहित्य सिर्जनामा आबद्ध भएकाले विकलाई सो पुरस्कार दिन सिफारिश गरेको महासचिव आरएम डङ्गोलले जनाएका छन् ।

सिफारिश समितिमा डा भागवत आचार्य र शोभा दुलाल सदस्य थिए । संघका पूर्वअध्यक्षले आफूले पाएको रु दुई लाखको पुरस्कार राशिबाट पुरस्कारको अक्षयकोष खडा भएको हो ।

सो पुरस्कार आगामी असोज ६ गते स्थापना दिवसका अवसरमा प्रदान गरिने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here