अर्घाखाँचीमा बस दुुर्घटना हुँदा २ को मृत्यु

0
215

अर्घाखाँची, असोज २० । आज विहान अर्घाखाँचीमा बस दुर्घटनामा हुँदा २ जनाको ज्यान गएको छ । दुर्घटनामा परि २४ जना भन्दा बढी घाइते भएका छन् ।

जिल्लाको डाँडाकटेरीबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ७५१८ नम्बरको बस मालारानी गाउँपालिका–३ सावडाँडामा सडकबाट २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

शुक्रबार विहान साँढे ८ बजे भएको दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here