बस दुर्घटना हुँदा ५० भन्दा बढी घाइते

0
737

गौशाला, जेठ १ । महोत्तरी जिल्लाको भिठ्ठामोड–जनकपुर सडकखण्डमा आज ज १ ख ७०१ नं को यात्रुवाहक बस भएको छ । उक्त दुर्घटनामा परी ५० जनाभन्दा बढी यात्रु घाइते भएका छन् ।

सो बस महोत्तरीको भिठ्ठामोडबाट जनकपुर जाने क्रममा आज अपराह्न १२.३० बजेतिर जलेश्वर नगरपालिका– ९ स्थित परिकौली चोक नजीकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतले बताए ।

घाइतेमध्ये जलेश्वर–९ का असरफ राइनको बसमा च्यापिएर खुट्टा भाँचिएको छ । त्यस्तै अन्य सात जना पनि गम्भीर घाइते भएका छन् ।

घाइतेमध्ये १३ जनाको जिल्ला अस्पताल जलेश्वर र अन्यको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको तथा केही उपचारपछि आआफ्ना घर फर्केको प्रहरीले बताएको छ ।

बस दुर्घटना भएलगत्तै चालक, सहचालक र अन्य बसका कर्मचारी फरार छन् भने घटनास्थलमा नेपाली सेना, स्थानीयवासी र नेपाल प्रहरी पुगेर दुर्घटनामा परेकाको उद्धार गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here