अचम्मित मन्त्री घेरालु

0
54

*********कविता*********

हिजो मन्त्री हुने हल्लामा वरिपरि देखिन्थे ।
हल्ला मात्रैमा सिमित हुँदा एक्लै लखन्थिे ।
आज तिनै दाजु मन्त्री समेत भएरै छाडेछन् ।
वरिपरि तामझाम घेरा र गार्ड नै गार्ड छन् ।

मैले पनि अदब साथ उनलाई सलाम गरें ।
सलाम उसै गरि उनले पनि मलाई फर्काए ।
जसरी मन्त्री बन्नका खातिर घेरा फाँड्नु पर्यो ।
आज उनलाई म सँग हात मिलाउन उसैगरी ।

वाह ! हाम्रो देशमा पद भन्ने चिज कस्तो छ ।
पाउनलाई पनि घेरै तोड्नु पर्ने पाएपछि पनि ।
तर धेरैको पाएपछि मतिभ्रष्ट हुन्छ गम्किन्छन् ।
तर ती फुटपाथेसँग हात मिलाउन चम्किन्छन्।

घेरा हाल्नेहरु अचम्मित हुन्छन् फर्कि फर्कि हेर्छन् ।
मन मनै सोच्दा हुन् यी गाउँले मुखिया त होईनन् !
किन मन्त्री रोक्किएर बटुवाको खबर सोधे होलान् ?
किन भने घेरालुले मन्त्री बटुवा हुँदा देखेकै थिएनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here