तिहारको झिलिमिलि बत्ती सबैभन्दा बढी चीनबाट आयात हुने

0
33

काठमाडौं, कात्तिक १८ । नेपालीहरुको महान् चाड दशैं सकिएलगत्तै तिहारको आगमन भएको छ । तिहार नजिकिएसँगै नेपालीहरुमा हासी खुशी र उज्यालो छाएको छ ।

यो समयलाई झिलिमिली र रौनकता छाउने चलन पहिलेदेखि नै चल्दै आइरहेको छ । विशेष गरी यो चाडमा शहरमा निकै झिलिमिलि बनाउने गरिन्छ । बिजुली बत्ती जोडने प्रचलन पुरानै हो । पछिल्लो समय शहरमा मात्रै होइन, गाउँघरमा पनि तिहारमा झिलिमिली बत्ती जोड्ने प्रचलन सामान्य बनेको छ ।

त्यसैले विभिन्न किसिमका रंगीबिरंगी बत्तीको बिक्री वितरण तिहार नजिकिएसँगै उच्च छ । तिहारमा झिलिमिली बत्तीकै लागि मात्र नभएर फुलका लागि पनि तिहारमा नेपालबाट निकै रकम भित्रिने गरेको छ । तिहारमा यो वर्ष ५० देखि ६० करोडभन्दा बढी मूल्य बराबरको झिलिमिली बत्ती नेपाल भित्रिएको नेपाल इलेक्ट्रिक व्यवसायी महासंघका अध्यक्ष तेजनारायण खरेलले बताएका छन् ।

तिहार नलाग्दैदेखि तिहारका लागि भनेर बजारमा यस्ता सामग्रीको कारोबार सुरु भइसकेको छ । इलेक्ट्रिक पसलदेखि विभिन्न खुद्रा पसलहरुमासमेत सिजनल ब्यापारका रुपमा यो बत्ती बेच्न सुरु भइसकेको छ ।

पसलमा मात्र भएर यो समयमा तिहारका सामग्रीहरु सडकपेटीमै पनि राखेर बेच्ने गरेको पाइन्छ । यसवर्ष तिहारका लागि झण्डै ६० करोड रुपैयाँ भन्दा बढीको बत्ती विदेशबाट आयात भएको महासंघका अध्यक्ष खरेलले जनाएका छन् । थुप्रै होलसेलरहरुले तिहारका लागि यत्तिको बत्ती झिकाएका हुन् ।

यस्ता सामग्रीहरु अरु समयमा भन्दा पनि तिहारको समयमा मात्रै बिक्री हुने गर्दछन् । व्यावसायीले यो वर्ष झण्डै ५० देखि ६० करोड रुपैयासम्मको झिलिमिली बत्ती झिकाएको खरेको भनाइ छ ।

तिहारका लागि भारत र चीनबाट धेरै बत्ती नेपाल आयात गरिसकिएको छ भने केही आयात हुने क्रममा छन् । यस्तो खालको सामग्री सबैभन्दा बढी चीनबाट आयात हुने गरेको छ । यस्ता बत्तीमध्ये ९० प्रतिशत चीनबाटै आयात हुने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here