काँग्रेस सत्ताको चलखेलमा लाग्न हुँदैन : शेखर कोइराला

0
2015

काँग्रेस नेता डा शेखर कोईराला भन्छन् – कम्यूनिष्टहरूलाई ५ बर्ष सरकार चलाउँन दिएर प्रतिपक्षमा बसौं।

काठमाडौं , पुष २२ । नेपाली काँग्रेसका नेता डा शेखर कोईरालाले कम्यूनिष्टहरूलाई ५ बर्ष सरकार चलाउँन दिएर काँग्रेस प्रतिपक्षमा बस्नूपर्ने बताएका छन् । काँग्रेस सत्ताको चलखेलमा लाग्न नहूँने कोइरालाको धारणा थियो। उनले पूरानो ढर्रा,परम्परा र सोचले काँग्रेस पार्टी चल्न नसक्ने बताउँदै पार्टी रूपान्तरणको लागी गूटभन्दा उठ्न कार्यकर्तालाई आग्रह समेत गरे । डा कोईरालाले तत्कालै केन्द्रिय समितीको बैठक बोलाएर महासमिती बैठकको मिती तोक्नूपर्ने स्पष्ट परेका छन् । केन्द्रिय समिती र महासमिती बैठकमा निर्वाचनका परिणामका बारेमा ब्यापक समिक्षा गर्दै पराजयका कारण खोजेर अगाडी जानूपर्ने उनले बताए ।

पार्टीमाबैचारिक खडेरी परेको बताउँदै बौद्धिक समूदायले पार्टीका नेताहरूलाई खबरदारी गर्नूपर्ने समय आएको बताएका छन् । कोईरालाले प्रजातन्त्रबादी प्राध्यापक संघ पि एन क्याम्पसले पोखरामा आयोजना गरेको प्रदेश नं-४ स्तरिय “नेपाली काँग्रेसको नीति, संरचना एवं रणनीति” बिषयक कार्यशाला गोष्ठीलाई संबोधन गर्दै कोईरालाले ब्यवहारिक ढंगले क्रियाशिल सदस्यता बितरण नभएकै कारण संगठन कमजोर भएको प्रष्ट पारे । कार्यक्रममा सहभागी बौद्धिक समूदायले काँग्रेसको नीतिगत अस्पष्टता र शिर्षनेताको नेतृत्व क्षमता कमजोर भएकै कारण पार्टीले क्षेती ब्यहोरेको बताउँदै पार्टीलाई “मासबेस” बाट “क्याडरबेस” मा रूपान्तरण गर्नूपर्ने सूझाब दिएका छन।

काँग्रेसलेगरेका जनप्रिय र लोककल्याणकारी कार्यक्रमलाई पनी जनतासामू प्रचार गर्न नसकेको बताउँदै सहभागीहरूले पार्टीको आदर्श- राष्ट्रियता,प्रजातन्त्र र समाजबादको परिभाषा परिवर्तन गर्न सूझाव समेत दिएका छन् । नेताहरू बिधानसंगत ढंग र पार्टी संस्थागत ढंगले नचलेको कार्यक्रममा काँग्रेसका यूवानेता देवराज चालिसेले काँग्रेसको नीति, संरचना एवं रणनीति” बिषयमा अवधारणापत्र प्रस्तूत गरेका थिए ।गोष्ठीमा काँग्रेसको नीति, बिधान, रणनीति, सांगठानिक संरचना लगायतका बिषयमा छलफल गरिएको थियो।कार्यक्रममा काँग्रेस केन्द्रिय सदस्यहरू,पूर्व सांसदहरू,प्रदेश सांसदहरू,प्रदेस नं-४ का जिल्ला सभापतीहरू,महासमिती सदस्यहरू लगायतको सहभागिता रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here