छ महिनामा दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३३

0
385

लहान, फागुन २० । सिरहामा चालू आर्थिक वर्ष २०७४–७५ को ६ महिनाको समयमा सडक दुर्घटनामा परी ३३ जनाको मृत्यु भएको छ ।

सो समय अवधि भित्र २४० जना घाइते भएका छन् । साउनदेखि पुस मसान्तसम्म सडक दुर्घटनामा परी सिरहामा २८ पुरुष, चार महिला र एक बालबालिकाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान प्रहरी निरीक्षक रुद्र चुँडालले बताएका छन् ।

उक्त अवधिमा १८८ वटा सडक दुर्घटनामा परी १७५ पुरुष, ३८ महिला र २७ बालबालिका घाइते भएका थिए । सबैभन्दा बढी १२० वटा मोटरसाइकल दुर्घटना भएको थियो ।

सडकमा छाडिने छाडा पशुचौपाया, सडक बिग्रिएको र चालकको लापर्बाहीलगायत कारणले दुर्घटना बढेको प्रहरी निरीक्षक चुँडालको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here