तालिवानको तालीम केन्द्र ध्वस्त, दश तालिवान मारिए

0
541

काबुल, माघ २३ । अफगान राष्ट्रय सैनिकले तालिबानको नियन्त्रणमा रहेको उनीहरुको तालीमकेन्द्र ध्वस्त पारिदिएको समाचारमा जनाइएको छ । त्यस केन्द्रमा राखिएका ३० वटा बम पनि निस्क्रिय बनाएको रक्षा मन्त्रालयले मङ्गलबार जानकारी गराएको छ ।

अफगान राष्ट्रिय सैनिकले बादख्शान प्रान्तको वार्डाेज जिल्लामा तालिाबान लक्षित सो कारबाही गरेको हो । त्यसैगरी यस कारबाहीको क्रममा बारुदी सुरुङ्गलगायत कम्तीमा ३० वटा विस्फोटक पदार्थलाई निस्क्रिय बनाएको जनाइएको छ ।

अफगान सुरक्षा अधिकारीहरुलाई तालिबान विरुद्धको कारबाहीमा केही महिनायता अमेरिकी र नेटोआवद्ध संयुक्त सेनाले स्थल र हवाई कारबाहीमा सहयोग गर्दै आएका छन् । सरकारी अधिकारी र सुरक्षाबल लक्षित आक्रमण केही महिनायता बढे पछि अमेरिकी र नेटोआवद्ध संयुक्त सेनाले पुनः तालिबान माथि कारबाही सुरु गरेका छन् ।

यसैबीच अफगानिस्तानको पार्वान प्रान्तको प्रान्तीय राजधानी चरिकारबाट करिब ५० किलोमिटर टाढा रहेको सियागुद जिल्लामा गरिएको सुरक्षा कारबाहीमा कम्तीमा १० सशस्त्र लडाकूको मृत्यु भएको बताइएको छ । यस कारबाहीको विषयमा तालिबान आतङ्ककारी समूहले भने कुनै टिप्पाणी गरेका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here