नयाँ वर्ष २०१८ आजबाट प्रारम्भ

0
460

काठमाडौँ, पुस १७ । आजबाट गे्रगोरियन पात्रोअनुसार नयाँ वर्ष इस्वी सम्वत् २०१८ प्रारम्भ भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सम्वत्को प्रारम्भ भएको हो । सन्मा सौरमासको गणना हुने तर चान्द्रमासको गणना नहुने भएकाले ज्योतिषशास्त्रअनुसार यो वैज्ञानिक नभएको विभिन्न संवत्सम्बन्धी अनुसन्धानमा लागेका डा शास्त्रदत्त पन्त प्रष्ट्याउँछन् । इस्वी सम्वत्मा चान्द्रमासको गणना नहुने भएकाले समयक्रममा दिन फरक पर्दा शासक वा पादरीले भिटो लगाएर यसको निर्णय गर्छन् यसैले यो पटक पटक विवादमा आएको संवत् हो”, उनले भने ।

पोप गे्रगोरीले जुलियन पात्रो अनुसारको सम्वत्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई गे्रगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ । जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रसियाले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्वप्रशासक एवम् ज्योतिषाचार्य डा खिलानाथ बस्ताकोटी बताउँछन् ।

विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादेकाले हाल यसको विश्वव्यापी प्रचार छ । यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् । केही वर्षअघि देखि नेपालका विभिन्न स्थानमा इस्वी सम्वत् मनाउने गरिएको छ । विदेशी पर्यटकको भीडभाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरालगायत स्थानमा ‘न्यू इयर इभ’ का नाममा यो संवत् मनाइन्छ ।

पछिल्लो समय विदेशी वर्षलाई नेपालमा टोपी दिवसका रुपमा पनि मनाइने चलन प्रारम्भ भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here