प्याराग्लाइडिङ गर्ने क्रममा फेवातालमा खसेर मृत्यु

0
366

पोखरा, फागुन १९ । पोखराको सराङकोटबाट उडेको प्याराग्लाडिङ फेवातालमा खसेर दुर्घटना हुँदा ४२ वर्षे रोमानियन नागरिक एडी सिजरको मृत्यु भएको छ ।

आज विहान ११ बजेतिर उडान भरेको उक्त प्याराग्लाईडिङ ल्याण्ड गर्ने क्रममा हावाको सन्तुलन मिलाउन नसकेर सीधै फेवातालमा खसेको प्रहरीले जानकारी गराएको छ ।

एडीलाई फेवातालको बाराही घाटमा रहेको मोटरबोटसहितको टोलीले उद्धार गरेको थियो । तत्काल उद्धार गरि पोखराको मेट्रोसिटी हस्पिटल पुर्याइएको र उपचारका क्रममा ११ः३० बजे मृत्यु भएको बताइएको छ ।

उनलाई बचाउन नसकेको अस्पतालले जानकारी गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here