विष्णुपुर गाउँपालिकाको वडा ७ बालविवाहमुक्त घोषित

0
209

राजविराज, मंसिर २८ । जिल्लाका विभिन्न ठाउँमा भइरहेको बालविवाहलाई मध्यनजर गर्दै सप्तरीको विष्णुपुर गाउँपालिका–७ वडा विहीबारबाट बालविवाहमुक्त घोषित भएको छ ।

गाउँपालिकाको वडा कार्यालयले आयोजना गरेको घोषणा सभामा गाउँपालिकाको वडा नं ७ लाई बालविवाहमुक्त घोषणा गरिएको हो ।

जम्मा ५१० घरधुरी रहेको यस वडामा यस आवको अहिलेको अवधिसम्ममा नौवटा विवाह भएको र त्यसमध्ये एउटा मात्र बालविवाह भएको थियो ।

घोषणासभामा वडाध्यक्ष विन्देश्वर साहले २० वर्षभन्दा मुनिका महिलाको प्रजनन अङ्ग पूर्ण रूपमा विकसित नहुने र यस्तो अवस्थामा विवाह गर्दा जन्मिने बच्चा र आमाको ज्यान जोखिमपूर्ण हुने बताए ।

२० वर्षभन्दा कम उमेरको विवाहलाई कानूनले नै बालविवाह भन्दै रोक लगाएको छ । वडा नं ७ मा बालविवाह गर्नेलाई गाउँपालिकाबाट दिइने सेवा सुविधाबाट वञ्चित गर्ने र उसको घरका सदस्यले पाउने वृद्ध भत्ता र शौक्षिक छात्रवृतिसमेत बन्द गरिने वडाध्यक्ष साहले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here