राष्ट्रियसभाको निर्वाचन माघ २५ मा

0
209
काठमाडौँ, पुस १८ । सरकारले राष्ट्रियसभाको निर्वाचन आगामी माघ २५ गते तोक्ने तयारी गरिरहेको बताइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवबीच आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा राष्ट्रियसभा निर्वाचनको मिति तोक्ने बारेमा छलफल भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी गराएको छ ।

उक्त भेटमा प्रमुख निर्वाचन आयुक्त यादवले राष्ट्रियसभाको निर्वाचन माघ २५ गते गर्ने गरी मिति घोषणा गर्न उपयुक्त हुने सुझाव दिएको प्रधानमन्त्रीका निजी सचिव बद्रीप्रसाद तिवारीले बताएका छन् । उक्त अवसरमा प्रधानमन्त्री देउवाले निर्वाचन आयोगकै परामर्शबमोजिम माघ २५ गते निर्वाचन हुने गरी मिति तोकिने जानकारी गराएको प्रधानमन्त्री कार्यालयले जानकारी गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here