ट्रम्पले पहिलो चोटी भेटे जापानका नयाँ सम्राटलाई

0
127

टोकियो, जेठ १३ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प जापानका नयाँ सम्राट नारुहितोलाई भेट्ने पहिलो विदेशी नेताको रुपमा अहिले चर्चाको पात्र बन्न सफल भएका छन् ।

नारुहितो र ट्रम्पबीच टोकियो दरबारमा सोमबार भेटवार्ता भएको जापानी अधिकारीहरुले जानकारी दिएका छन् । त्यसअवसरमा जापानी सेनाले ट्रम्पलाई उच्च सम्मान प्रकट गरेको थियो ।

भेटमा जापानी साम्राज्ञी र अमेरिकी प्रथम महिला मेलानीया ट्रम्प पनि सहभागीता रहेको थियो । राजप्रासादमा दुई नेताबीच झण्डै ५० मिनेट भेटवार्ता भएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here