दुर्घटनामा परी ज्यान गुमाएका नागरिकप्रति मुख्यमन्त्री शाहीद्वारा शोक व्यक्त

0
45

सुर्खेत, कात्तिक २० । सोमबार डोल्पा सदरमुकाम दुनैदेखि त्रिपुराकोटतर्फ जाँदै गरेको भे१च १६१० नं को जीप ठूलीभेरी नदीमा खस्दा १० जनाको ज्यान गएको थियो ।

उक्त दुर्घटनामा परी ज्यान गुमाएका नागरिकप्रति कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शोक व्यक्त गरेका छन् । उनले आज शोक वक्तव्य जारी गर्दै तिहार पर्वको मुखमा भएको सो घटनाले आफूलाई निकै मर्माहत बनाएको बताएका छन् ।

मृतकप्रति श्रद्धाञ्जली प्रकट गर्दै मुख्यमन्त्री शाहीले शोकाकूल परिवारजनमा समवेदना व्यक्त गरेका छन् । उनले उक्त दुर्घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।

मुख्यमन्त्री शाहीले सडक दुर्घटनाबाट वर्षेनी हुने मानवीय क्षतिप्रति चिन्ता जनाउँदै दुर्घटना न्यूनिकरणका लागि गम्भीरतापूर्वक काम गर्न र गराउन सम्बन्धित निकाय तथा सरोकारवालाहरुसँग अनुरोध गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here