कञ्चनपुर भन्सार कार्यालयले चौबीस करोड राजश्व संकलन

0
1148

भीमदत्तनगर, साउन १२ । आर्थिक वर्ष २०७३/७४ मा कञ्चनपुर भन्सार कार्यालय गड्डा चौकीले रु २४ करोड ७७ लाख राजश्व संकलन गरेको छ ।

उक्त कार्यालयले लक्ष्यभन्दा रु सात करोड ७४ लाख बढी राजश्व संकलन गरेको भने गत आवमा रु १७ करोड तीन लाख राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो । उक्त लक्ष्यभन्दा १४५ प्रतिशत राजश्व संकलन भएको कञ्चनपुर भन्सार कार्यालयका भन्सार अधिकृत विकास कुमारले जानकारी गराए ।

यसरी बर्षेनी राजश्व संकलनमा वृद्धि हुँदै गइरहेको अधिकृत कुमारले बताए । उनका अनुसार अघिल्लो आर्थिक वर्षमा भन्सार प्रशासनमा गरिएको सुधारले राजश्व संकलनमा वृद्धि हुँदै गएको छ । आव २०७२/७३ मा रु २२ करोड ८६ लाख राजश्व संकलन गरेको थियो । यो आव २०७२/७३ भन्दा नौ प्रतिशत कम हो ।

भन्सार क्षेत्रमा गरिएको विभिन्न प्रकारका सुधार तथा जनचेतना बढेका कारण राजश्व असुलीमा वृद्धि हुँदै गइरहेको छ । तत्कालिन प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीको समयमा भन्सार चेकपोष्टमा सिसिटिभी क्यामेरा जडान, भन्सार कार्यालयको आन्तरिक पक्षको सुधार जस्ता कार्यले राजश्व संकलनमा सुधार आएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here