इच्छा मृत्यु मानव अधिकारको एउटा पाटो हो

0
726

अधिवक्ता– राजेन्द्र प्रसाद पाठक

पूर्वीय दर्शनका अनुसार सत्य, त्रेता र द्वापर युगमा समेत इच्छामृत्यको अधिकार सबैले प्राप्त गर्दैनथे । मानव समाजका एकाध शक्तिशाली व्यक्तिहरुलाई अत्यन्तै ठुलो साधना र तपस्याबाट मात्रै त्यो प्राप्त हुन्थ्यो । जसका कारण ति महान् महापुरुषहरु आफु र समाजलाई अनुकुल होईन्ज्याल बाँच्दथे । त्यस पछि कुनै एउटा सामान्य निहुँमा देह त्याग गर्दथे । त्यस मध्यका महाभारतका अहम् पात्र भीष्म पितामह र भगवान श्री कृष्णको समेत ईच्छामरण नै थियो ।

असामान्य अवस्था जस्का कारण मानिस न त जीउन सक्दछ न त मर्न पाउने हक नै कानुन सम्मत राख्दछ ।

इतिहासका ति पात्र जसले समाजलाई अहम् भुमिका सहित अगाडी बढाएका हुन्थे र आफु र समाजको आवश्यकतालाई मध्यनजर गरेर आफ्नो र मानव कल्याणको भुमिका निर्वाह गरी सके पछि ससम्मान देह त्याग गर्दथे । यसको मतलव चाहे जती जीउनु र मर्नु आफ्नै अधिनमा राख्न सक्नु सामान्य बिषय नभएकै कारण यसका लागी ठुलै दैवी परिक्षा पास गर्नु पर्दथ्यो । कलियुगमा न त त्यस्तो दैवी परिक्षा पास गरेर कसैले त्यस्तो शक्ति प्राप्त गर्न नै सक्दछ । न त त्यो अधिकार प्रत्यायोजन गर्न कुनै एक व्यक्ति नै समर्थवान हुन सक्दछ । त्यसका लागी कि त कानुनले नै अधिकार प्रत्यायोजन गर्नु पर्दछ । कि त आत्महत्याको बाटो नै रोज्नु पर्दछ । यदी असफल भै हाल्यो भने त्यस्तालाई कानुनले समेत छोड्दैन र समाजले समेत कायरको संज्ञा दिन्छ । तर त्यो भने सामान्य अवस्थाका लागी मात्रै लागु हुन्छ ।

माथी उल्लेखित बिषयमा बहस पैरवी सामान्य अवस्थाका नागरिकका लागी गरिएको नभएर । असामान्य अवस्था जस्का कारण मानिस न त जीउन सक्दछ न त मर्न पाउने हक नै कानुन सम्मत राख्दछ । सिर्फ त्यस्ता ब्याक्तिको हाल अवस्था जुन कल्पना र मानव सामथ्र्यबाट टाढा भैसकेको होस् । त्यस्तो अवस्थाबाट मुक्तीका खातिर मात्रै भए पनि यो बहस पैरवी कानुन सम्मत चल्नुपर्ने भैसकेको छ । केही दिन अगाडी मात्रै छिमेकी देश भारतको सर्वोच्च अदालतले अत्यन्तै असामान्य अवस्थामा रहेको बिमारी जो अबका दिनमा रिकभर हुनै सक्दैन । जसका लागी सुखद मरणको कामना बाहेक अन्य गर्न सक्ने अवस्था नै रहदैन । बाँचुञ्ज्याल समेत अत्यन्तै पिडामा बाँच्न बाध्य भएको छ ।

बिमारीको पिडाका कारण स्वयं बिमारी त के उसका आफ्ना आफन्त समेत परपिडा खप्न नसकी सुखद मरणको कामना गरिरहेका हुन्छन् । त्यस्तो अवस्थाको मध्यनजर गरी बनाईएको सो हद सम्मनको कानुनले मानव अधिकारको हनन् होइन संरक्षण भएको महसुस् गर्न सकिन्छ । म स्वयंले देखेका प्रसंङ्ग यस आलेखमा नाम उल्लेख नगरीकनै प्रस्तुत गर्ने अनुमती श्रद्धेय पाठक वर्गमा राख्न चाहन्छु । मेरा नातेदारलाई क्यान्सर जस्तो भयावह रोगले सताएको अवस्थामा उपचारार्थ हस्पिटल ल्याउने लाने क्रममा झण्डै छ सात महिना सम्म नै हाम्रै बासस्थानमा राख्नु पर्ने भयो । उनको शारिरीक अवस्था अत्यन्तै नाजुक भैसकेको थियो । बेला बेला उनी मर्छित हुन्थे र क्षणभरमै सामान्य अवस्थामा पनि आउँथे । जब उनी पिडाले आहत हुन्थे । हामी उनको पिडा बाँड्न सक्दैनथ्यौं । कि त हस्पिटल लैजानु कि त त्यो पिडा हेरेर बस्नु शिवाय हाम्रो पहुँच भित्र केही थिएन ।

पिडाले बिमारी आफै बर्बराई रहेका हुन्थे । हे भगवान ! मलाई सहज मृत्यु देऊ !! यो हामीले सयौं पटक बिमारीको मुखबाट त सुन्यौं । न त हामी भगवान नै बन्न सक्यौं । न त उनले ईच्छा गरेर मृत्युबरण गर्न नै सके । त्यो कहाली लाग्दो अवस्था मेरो मानस पटलमा आज यो आलेख तयार पार्दा समेत झल्झल्ती आई रहेको छ । यदी हाम्रो देशमा समेत यस्तो नाजुक र अत्यन्तै गम्भीर अवस्थाको बिमारीलाई कानुनले यो अधिकार प्रत्यायोजन गरेको भए । न त हामीले त्यो मनाव चित्कारलाई आत्मसाथ गर्नु पर्दथ्यो न त आज म यो बहस पैरवीमा नै सामेल हुन्थें होला ।

एउटा मानवले अर्को मानवको त्यो दारुण अवस्था कसरी हेरेर बसी रहन सक्ला ? अन्यत्रको पिडामा त हे भगवान उस्लाई मुक्तिको सहज बाटो देऊ भनेर गुहार्न तत्पर हुन्छ झन् आफन्तकै यो अवस्थालाई हेरेर बस्न र हमेसा भुक्तभोगी बन्न बाध्य तुल्याउनु भन्दा । यसका बारेमा राज्यलेनै कानुनी रुपमा स्थाई समाधान दिनु आजको आवश्यकता भएको छ । अझै समयमै उपचार दिन सक्नेको हकमा त केही हद सम्म सजिलै होला तर उपचार समेत दिन नसक्नेहरुको हकमा यो अवस्था कती हद सम्म गम्भिर होला ? यस्तो अवस्थामा न त राज्यले उपचार दिन्छ न त आफन्तले नै उपचार दिन सक्दछ ।

अब भन्नुहोस् सहज मृत्युको कामना गर्नु शिवाय अन्य केही हुन सक्दैन । सोही हदको दारुण अवस्थालाई मध्यनजर गरेरै भए पनि अब ईच्छामरणको कानुन राज्यले दिएरै भए पनि केही हद सम्म नागरिकको हक कायम गर्न सक्नु पर्दछ । अब यस्ता पिडीतले भन्नेछन । कि त बचाऊ सरकार , कि त इच्छामरणको कानुन देऊ । अस्तु !!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here