पूर्वाधार विकास साझेदारी कार्यक्रमको रकम बाँडफाँट

0
360

लमजुङ, कात्तिक २७ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रकम नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले बाँडफाँट गरेका छन् ।

जिल्लालाई प्राप्त भएको रु चार करोड बजेट सबै क्षेत्रमा पुग्ने गरी उनले बाँडफाँट गरे । सडक निर्माणमा रु २ करोड ६३ लाख, खेलमैदान निर्माणमा रु २९ लाख, भौतिक पूर्वाधारतर्फ (स्वास्थ्यचौकी र विद्यालय कम्पाउण्ड, आमा समूह भवन) निर्माणमा रु एक करोड चार लाख तथा स्थानीय प्रशासनिक खर्चमा रु चार लाख विनियोजन गरेको गुरुङका स्वकीय सचिव कमल खड्काले जनाएका छन् ।

सो जिल्लामा चार वटा नगरपालिका र चार गाउँपालिका रहेका छन् । सांसद गुरुङको संयोजकत्वमा बसेको परामर्श समितिको बैठकको सुझावका आधारमा निर्देशक समितिको बैठकले बजेट बाँडफाँट गरेको हो ।

जिल्ला समन्वय समितिमा बसेको बैठकमा जिल्ला समन्वय समितिका प्रमुख, प्रदेशसभा सदस्य, गाउँपालिका र नगरपाकिलाकाका प्रमुखको सहभागिता रहेको थियो ।

त्यसै सुझावलाई आधार मान्दै बसेको निर्देशक समितिले बजेट बाँडफाँटको टुङ्गो लगाएको हो । निर्देशक समितिमा निर्वाचित सांसद संयोजक र जिल्ला समन्वय अधिकारी सदस्य रहने व्यवस्था रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here