लोकसेवा आयोगमा साढे छ लाखद्वारा परीक्षाको तयारी

0
167

पोखरा, जेठ ६ । कार्यालय समयमा ट्रेड युनियन गतिविधि हुन नहुने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले बताएका छन् ।

कास्की जिल्लास्थित सरकारी कार्यालयका प्रमुखलाई आज सम्बोधन गर्दै उनले काम नगरी समय बिताउने राष्ट्रसेवक हुन नसक्ने र पूर्ण राजनीतिक अधिकारसहितको टे«ड युनियन आवश्यक नरहेको प्रष्ट्याएका छन् ।

केन्द्रीय बजेट आउनुभन्दा अघि सकेसम्म सबै अन्तरिम संगठन संरचना तय गरिसकिने मन्त्री पण्डितले बताउँदै खटाएका ठाउँमा कर्मचारी जानुपर्नेमा जोड दिए । पण्डितका अनुसार सबैभन्दा आकर्षकको पेशा तथा सेवा निजामती सेवा नै रहेको स्पष्ट पारे ।

वार्षिक झण्डै साढे छ लाखले लोकसेवा आयोगका परीक्षाको तयारी गर्ने गरेका छन् । संघीय निजामती सेवा ऐन बन्दै गरेको बताउँदै उनले आगामी बजेटमा कर्मचारीको भावना सकेसम्म समेट्न प्रयास गरिने आश्वासन दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here